Deneme Bonusu Veren Siteler
बुधबार, पौष २४, २०८१
Wednesday, January 8, 2025

काठमाडौं – नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने नैतिकता गुमाइसकेको बताएकी छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

‘प्रधानमन्त्रीले संविधानमाथि प्रहार गरेका छन् । जनविरोधी क्रियाकलाप प्रधानमन्त्रीले गरेकै हुन्’, उनले भनिन्, ‘यो सरकार सत्तालोलुपताले भरिएको घैँटो जस्तै । खड्ग सत्ता स्वभावैले अधिनायकवादी छ । चाँडोभन्दा चाँडो यो सरकार बाहिरिनु पर्छ ।’

उनले ओलीले सत्ता टिकाउन जुनसुकै कुकर्म गर्न पनि पछि नपरेको बताइन् । ‘सत्ता टिकाउन जे सुकै कुकर्म गर्न पनि तयार छन् ओली’, उनले भनिन्, ‘प्रतिनिधिसभाको खुला बैठकको छलफल भन्दा बालुवाटारको कोठे बैठक उनलाई प्यारो भएको छ ।’

पन्तले प्रधानमन्त्रीको राजीनामा मागिन् । ‘प्रधानमन्त्रीले शासन चलाउने नैतिकता गुमाइसकेका छन् । त्यसैले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ’, उनले थपिन्, ‘सूचना तथा सञ्चारमन्त्रीको ७० करोडको अडियो डिल, ओम्नीको स्वास्थ्य सामग्री खरिददेखि अनेक भ्रष्टाचार काण्ड भएका छन् । तर प्रधानमन्त्री अहिले पनि भ्रष्टाचारमा शून्य सहनशीलता भन्‍न छाड्दैनन् ।’

तपाईको प्रतिक्रिया