Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

टोकियो – बागलुङ समाज जापानले आयोजना गरेको पहिलो रनिङ कप भलिबल प्रतियोगिताको उपाधि गल्कोट स्पोर्ट्स क्लब जापानले हात पारेको छ । साईतामा केनको टोडा स्पोर्ट्स सेण्टरमा १४ टीमबीच भएको खेलमा गल्कोट उपाधि जितेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आयोजक बागलुङ समाज जापान उपविजेता हुँदा घुम्टे युवा परिवार तेस्रो भएको थियो । प्रतियोगितामा १६ टीमले नाम दर्ता गराएपनि प्रतिस्पर्धा भने १४ टीमबीच मात्रै भएको हो ।प्रथम रनिङ कपको विजेताले २ लाख ६५ हजार ५ सय ५५ येनसहित प्रमाणपत्र, मेडल र रनिङ कप पाएको छ भने उपविजेताले १ लाख ६५ हजार ५ सय ५५ येनसहित प्रमाणपत्र, मेडल प्राप्त गरेको छ । यस्तै तेस्रो हुने टीमले ८५ हजार ५ सय ५५ येन,सहित प्रमाणपत्र र मेडल पाएको आयोजकले जनाएको छ ।प्रतियोगितामा उत्कृष्ट खेलाडीमा गल्कोट स्पोर्ट्स क्लबका रेशम बस्नेत, उत्कृष्ट स्पाइकरमा बागलुङ समाजका अभिजीत रायमाझी भए भने उत्कृष्ट डिफेन्डरमा सिजुओका स्पोर्ट्स क्लबका सुनील बस्नेत घोषित भएका थिए । यसैगरी उत्कृष्ट लिफ्टरमा घुम्टे युवा परिवारका सुशान्त मल्ल बने ।

सबै विद्याका उत्कृष्टलाई पुरस्कारसहित सम्मान गरिएको कार्यक्रम संयोजक विरोध चालिसेले जानकारी दिए । आयोजक संस्थाका अध्यक्ष प्रेम कँडेलले खेल सम्पन्न गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सबैप्रति आभार व्यक्त गरे ।

तपाईको प्रतिक्रिया