Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – कोरोना प्रभावित व्यवसायलाई राहत दिन तथा शिथिल भएको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यसहित सरकारले ल्याएको कर छुटको सुविधाबाट करिब ५ लाख व्यवसायी लाभान्वित भएका छन् । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत लघु, घरेलु तथा साना उद्यम र पर्यटन व्यवसायीलाई आयकरमा २० देखि ७५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको थियो । सोही घोषणाअनुसार ५ लाख ११ हजार व्यवसायीले करिब २ अर्ब रुपैयाँ कर छुट लिएका हुन् ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आव ०७७/७८ को बजेटमार्फत कोरोना प्रभावित व्यवसायलाई राहत दिन, आर्थिक गतिविधिलाई चलायमान बनाउन तथा आर्थिक पुनरुत्थान गर्न भन्दै लघु, घरेलु तथा साना उद्यम र पर्यटन व्यवसायलाई आर्थिक वर्ष ०७६/७७ को आयकरमा छुट दिने घोषणा गरेका थिए । उक्त घोषणाअनुसार आन्तरिक राजस्व विभागले आयकरमा छुट दिइरहेको विभागका प्रवक्ता अर्जुन ढकालले बताए ।

सरकारले बजेटमार्फत २० लाखसम्म कारोबार गर्ने करदातालाई आर्थिक वर्ष ०७६/७७ को आय विवरणअनुसार लाग्ने आयकरमा ७५ प्रतिशत छुट दिने घोषणा गरेको थियो । यस्तो सुविधा साढे ४ लाख करदाताले लिएको आन्तरिक राजस्व विभागको तथ्यांक छ । ती करदाताले यस सुविधाअनुसार १ अर्ब ५० करोड रुपैयाँको छुट लिएको उनले बताए ।

बजेटले २० लाखदेखि ५० लाखसम्म कारोबार गर्ने करदातालाई आयकरमा ५० प्रतिशत छुट दिने बजेटले व्यवस्था गरेको थियो । यस्तो सुविधा १९ हजार करदाताले लिएका हुन् । उनीहरूले ५० करोड रुपैयाँ छुट लिएको उनले बताए । त्यस्तै, बजेटले ५० लाखदेखि १ करोड रुपैयाँसम्म कारोबार गर्ने करदातालाई आयकरमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको थियो । यस सुविधाअनुसार ४२ हजार करदाताले ३३ करोड रुपैयाँ छुट लिएको प्रवक्ता ढकालले जानकारी दिए ।

सरकारले कोरोना प्रभावित पर्यटन व्यवसायीलाई समेत ०७६/७७ को आयकरमा छुट दिने घोषणा गरेको थियो । बजेटले कोरोना संक्रमणबाट बढी प्रभावित भएका हवाई सेवा, यातायात सेवा, होटेल, ट्राभल तथा ट्रेकिङ व्यवसायीलाई आर्थिक वर्ष ०७६/७७ को आय विवरणअनुसार लाग्ने आयकरमा २० प्रतिशत छुट दिने व्यवस्था गरेको थियो । यस सुविधाअनुसार २ सय ३९ करदाताले ५ करोड रुपैयाँ छुट लिएको उनले बताए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया