Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं –  गत महिना मात्रै ‘फाङकार्य’ अर्थात फाङ काताका निर्माता उज्ज्वल ठकुरीले भारतको ताइवान्दो खेलकुदमा ओलम्पिक खेलका लागि छनौट समेत भएका एक जवान खेलाडी र नायक साई दीपक पटेलले गरेको विश्व कीर्तिमानलाई भंग गरिदिएका छन् ।

योसंगै कीर्तिमानधारी ठकुरीले नेपाल र अमेरिकाको नाम उच्च स्थानमा राख्न सफल भएका छन् ।

यो अचम्मित प्रहार भारतको ओलम्पिक तेक्वान्दो खेलाडी भन्दा लगभग दुई गुणाप्रहार गरि विश्व रेकर्ड (कीर्तिमान) उपाधि हासिल गरेका छन् ।

भारतको तेक्वान्दो युवा खेलाडी नायक पटेलले २०१९ मा ५ किलो खुट्टाले बोकी ३ मिनेटमा ८३ किक हानेर विश्व कीर्तिमान बनाएका थिए ।

तर यो उपाधि अब अमेरिकाबाट २०२१ मा उज्ज्वल ठकुरीले उक्त कीर्तिमान तोडेका छन् ।

नयाँ विश्व कीर्तिमान स्थापित गर्न उज्ज्वल ठकुरीले ३ वर्षसम्म खुट्टा र लात हान्ने व्यायाम शुरू गरेका थिए ।

अन्तत: उनले गरेको कडा परिश्रम ,मेहनत ,निरन्तरता र समर्पणको फल उनले प्राप्त गरेका छन् ।

परीक्षणको क्रममा पहिलो एक अथा दुई महिना ठकुरीलाई कम्मरमा समस्या उत्पन्न होला जस्तो ठाने ।

तर उनले लगनशीलताका साथ आफ्नो अभ्यास प्रणालीलाई निरन्तरता दिए ।

त्यति मात्र मात्र होइन, विश्व कीर्तिमान ठकुरीले उही भारतीय ओलम्पिक खेलाडी साई दीपक पटेलले सन् २०१७ मा गरेको विश्व किर्तिमान माथि ३ मिनेटमा ४ फिट माथि १७५ घुँडा प्रहार बनाएको विश्व कीर्तिमान समेत तोडिसकेका छन् ।

खेलाडी ठकुरीले २०१८ मा ३ मिनेटमा २२६ घुँडा प्रहार गरेर रेकर्ड तोडेका थिए ।

तत्कालिन समयमा पनि ठकुरीले भारतीय ओलम्पिक खेलाडीलाई ५१ अतिरिक्त किक प्रहार गरेर विश्व कीर्तिमानको उपाधि हात पारेका थिए ।

अर्को शब्दमा ठकुरीले भारतीय ओलम्पिक खेलाडीको घुडा प्रहार र किकको दुई बलियो कीर्तिमान खोसिदिएका छन् ।

ठकुरीद्वारा सम्पन्न सम्पूर्ण विश्व कीर्तिमान मात्र मार्शल आर्टसँग सम्बन्धित छ ।

उनको अर्को प्रयास अझै जारी छ।

उनको सपना मार्शल आर्टमा १० वटा विश्व कीर्तिमान राखेर नेपाल र अमेरिका दुबै देशको नाम बिश्वको शिखरमा पुर्याउने रहेको छ ।

ठकुरी एक मात्र यस्ता नेपाली कराते खेलाडी हुन् जसले संयुक्त राज्य अमेरिकामा मार्शल आर्टमा एक नेपालीको रूपमा र आप्रवासी समुदायको एक हिस्साको रूपमा यति उच्च विश्व कीर्तिमान हासिल गरेका छन् ।

ठकुरीको अन्य विश्व कीर्तिमानहरू पनि खतरनाक छन् ।

उनले ‘मेरो अभिलेख तोड्न गाह्रो छ, तर जसले यसलाई भत्काउँछ उ वास्तवमै नायक हो र म उसको सम्मान गर्दछु’ भनेका छन् ।

अब ठकुरीको अर्को उद्धेश्य भनेको पाकिस्तानी ताइक्वान्दो खेलाडी मोहम्मद रशीदको कीर्तिमान तोडेर उपाधि जित्नु हो ।

केवल ,अर्को समाचारको लागि प्रतीक्षामा रहन उनले आग्रह गरेका छन् ।

ठकुरीको प्रतिबद्धता यो कृतिमान भंग गरेरै छोड्ने उनको भनाई छ ।

खेलकुदको इतिहासमा तीन देशको बिश्व किर्तिमान तोड्ने नाम उज्ज्वल शर्मा ठकुरीको रहने छ।

ठकुरीले ह्याट्रिक बनाउने लागेको लक्ष्य तर्फ अग्रसर छन् ।

उनले यो कीर्तिमान अक्टोबर २०, २०२० मा तोडिएको भएता पनि गिनिज वर्ल्ड रेकर्डले कोरोना महामारीको कारण प्रमाण पत्र हालसालै मात्र प्राप्त गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया