Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउने भएको छ । पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसका लागि १४२ किलोग्राम सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । जलहरिका लागि मात्र १०८ केजी सुन लाग्ने अनुमान गरिएको पनि उनले बताए । ‘कोषको वार्षिकोत्सव समेत रहेको पुण्य तिथि अक्षय तृतीयासम्म सुनको जलहरि र जलप लगाइसक्ने गरी प्रक्रिया शुरु भएको छ, यसका लागि करीब रु एक अर्ब बजेट लाग्ने अनुमान गरिएको छ, रु ६५ करोड कोषसँग छ, रु ३० करोड सरकारले दिने भएको छ’, सदस्य सचिव ढकालले भने ।

सुनको जलहरि र जलप लगाएका बसाहा एवं छाना ३०० वर्षसम्म परिवर्तन गर्नु नपर्ने कोषले जनाएको छ । कम्तीमा सात पुस्तासम्म पुग्ने गरी दिगो काम गर्न लागिएको जनाइएको छ । कानूनी एवं धार्मिक विधि पुर्‍याएर यो काम गर्ने कोषको तयारी छ । सुनको जलहरि र जलपका लागि टेन्डर प्रक्रिया शुरु भइसकेको छ ।

सुनको काम गर्ने कालीगढ कोषमै राखेर काम गरिनेछ । यससम्बन्धी विस्तृत विवरण महाशिवरात्रिअघि नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने कोषको प्रतिबद्धता छ । १०८ ब्राह्मणबाट धार्मिक विधि पूरा गरेर काम अघि बढाइनेछ । अहिलेसम्म पशुपतिनाथ मन्दिरमा चाँदीको जलहरि छ । चाँदीको जलहरि जीर्ण भएकाले शिवलिङ्गको फेदसम्म भगवान् अर्पण गरिएको पञ्चामृत, दूध, जललगायत पुग्दा बिग्रने भएकाले पनि पवित्र धातु सुन प्रयोग गर्ने निर्णय गरिएको कोषले जनाएको छ ।

प्यागौडा शैलीको पशुपतिनाथको छाना र बसाहामा यसअघि पनि सुनको जलप लगाइएको थियो । विसं २०१६ अघि नै लगाइएको जलप खुइलिन थालेपछि फेरि लेपन गर्न लागिएको हो । चाँदीको जलहरि भने त्यसअघि नै राखिएको जनाइएको छ ।

गत सोमबार पशुपतिनाथ मन्दिरमा विशेष पूजा एवं सवा लाख दीप प्रज्वलन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलप लगाउन कोषलाई रु ३० करोड बजेट विनियोजन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनलगत्तै बुधबार कोष सञ्चालक परिषद्को बैठकले सुनको जलहरि र जलपसम्बन्धी निर्णय गरेको छ । कोषको संरक्षक प्रधानमन्त्री र सञ्चालक परिषद्को अध्यक्ष संस्कृति मन्त्री रहने कानून व्यवस्था छ ।

तपाईको प्रतिक्रिया