Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – बेलायतमा कोरोना भाइरसको नयाँ प्रजाति देखिएपछि गत डिसेम्बार तेस्रो सातादेखि लगाइएको बेलायत-नेपाल उडानमाथिको प्रतिबन्ध हटाइएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाल सरकारले ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको स्वास्थ्य सुरक्षा तथा क्वारेन्टिनसम्बन्धी आदेश-२०७७’ लागू गरेपछि हवाई यात्राको प्रतिबन्ध बिहीबारबाट हटाएको हो । बेलायतस्थित नेपाली दूतावासले बिहीबार सूचना जारी गरी संयुक्त अधिराज्य (बेलायत), आयरल्याण्ड र माल्टाबाट नेपाल भ्रमण गर्न पाउने जनाएको छ । तर केही शर्त भने पालना गर्नुपर्नेछ ।

बेलायतबाट नेपाल जाने यात्रुले यात्रा गर्नुअघि ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट, नेपालमा बस्न होटेल बुक गरेको प्रमाण साथमा लिएर मात्र यात्रा गर्न पाउने छन् । यात्रापूर्व आफनो यात्रा विवरण लण्डनस्थित नेपाली दूतावासलाई इमेलमा पठाउनु पर्नेछ । त्यस्तै नेपाल सरकारको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको वेबसाइटमा उपलब्ध अनलाइन फाराम अनिवार्य रूपमा भरी सोको बारकोड प्रिन्ट गरी साथै लिएर जान दूतवासले जारी गरेको सूचनामा भनिएको छ ।

यस्तै नयाँ भेरिएन्टको संक्रमण भएका संयुक्त अधिराज्यलगातयका मुलुकबाट प्रस्थान गर्ने सबै यात्रुले हवाई टिकट खरिद गर्नुअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटलमा क्वारेन्टिनका लागि अनिवार्य रूपमा बुक गरेको हुनुपर्नेछ । सम्बन्धित वायु सेवाले अनिवार्य रूपमा होटल बुकिङ गरेको प्रमाण हेर्ने भएकाले बुकिङ गरेको प्रमाण लिएर यात्रा गर्नुपर्ने हुन्छ । होटल बुकिङको खर्च सम्बन्धित यात्रुले नै बेहोर्नु पर्नेछ ।

यसरी होटल क्वारेन्टिनमा बस्ने यात्रुले नेपालमा १० दिन होटल क्वारेन्टिनमा अनिवार्य रूपमा रहनु पर्नेछ । तर ५ दिनपछि आफनै खर्चमा कोभिड–१९ परीक्षण गर्दा नतिजा नेगेटिभ आएमा थप पाँच दिन आफ्नै निवासमा बस्न सक्ने जनाएको छ । गैरआवासीय नेपाली तथा विदेशी नागरिकले अनिवार्य रूपमा दूतावासबाट भिसा लिएर मात्र यात्रा गर्न सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया