Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

टोकियो – जापानको संसदले महामारीको तत्कालीन प्रभाव कम गर्न गत हप्ता तल्लो सदनमा पेश गरिएको तेस्रो पूरक बजेट पारित गरेको छ ।

मार्चमा अन्त्य हुने चालू आर्थिक वर्षको लागि पेश गरिएको पूरक बजेट मंगलबार जापानको प्रतिनिधि सभाबाट अनुमोदित भइ आज संसदबाट पारित भएको हो ।

तेस्रो पूरक बजेट अन्तर्गत १५४ खर्ब ३० अर्ब येन विनियोजित भएको छ । यो संगै कोरोना रोकथामका लागि बजेट कुल १९१ खर्ब ८० अर्ब हुनेछ । विपक्षीले भने चिकित्सा सम्बन्धी गैर-जरुरी परियोजनाहरूको लागि उक्त बजेट पर्याप्त नभएको आलोचना गरेका छन् ।

बजेटमा कोरोनाभाइरस संक्रमणको तेस्रो छाललाई रोक्नको लागि तुरुन्त कदम चाल्ने योजना बनाइरहेको छ । कुल बजेट मध्ये ४३ खर्ब ६० अर्ब सरकारको अनुरोधमा सेवा अवधि कटौती गरेका रेस्टुरेन्टहरू र बारका साथै कोरोनाका बिरामीको लागि थप बेड सुरक्षित गर्ने मेडिकल संस्थानहरूलाई अनुदानको व्यवस्थाका लागि खर्च गरिने छ ।

सरकारले पर्यटन क्षेत्रलाई सहयोग पुर्‍याउन जुन महिना सम्म विस्तार गरेको विवादास्पद “गो टु ट्राभल” कार्यक्रमको लागि १० खर्ब ३० अर्ब छुट्याउने भएको छ । गत वर्ष जुलाईमा सुरु गरिएको यो अभियान, अहिले डिसेम्बरको अन्त्य देखि देशव्यापी रूपमा निलम्बन गरिएको छ । तर सत्तारूढ दलहरूले उचित समयमा पुन: स्थापनाका गर्न “गो टु ट्राभल” को निम्ति कोष आवश्यक भएको अडान लिएका छन् ।

मंगलबार डाएट सत्रमा प्रधानमन्त्रीले दोस्रो आपतकाल जारी भए पनि जापानबासीलाई नगद वितरण गर्ने उनको कुनै योजना नरहेको बताएका छन् । गत वर्ष, सरकारले अप्रिलमा घोषित गरेको आपतकाल पछि देशका प्रत्येक बासिन्दाहरूलाई एक लाख येन वितरण गरेको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया