Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौँ – मुलुकमा कोरोना भाइरस संक्रमण फैलिएसँगै मास्कको व्यापार ह्वात्तै बढेको छ।

चालू आर्थिक वर्षको पाँच महिनामा मात्रै नेपालले ४४ करोडभन्दा धेरैको मास्क किनबेच गरेको हाे। यसमध्ये नेपालबाट मास्क निर्यातभन्दा झण्डै १० गुणा बढी आयात भएको छ।

यसैबीचमा नेपालमा १८ करोडभन्दा धेरैका ३ सय ९९ वटा मास्क बनाउने मेसिन पनि आयात भएको छ। एक वर्षअघि चीनबाट कोरोना भाइरस संक्रमण फैलिएपछि नेपालमा मास्क आयात हुन थालेको थियो।

स्थानीय बजारमा मास्कको माग बढेपछि मुलुकभित्रै पनि मास्क उद्योग स्थापना भएका थिए। विश्वव्यापी रुपमा कोरोना फैलिएपछि अन्तर्राष्ट्रिय बजारमा मास्कको माग बढेको छ। यसै कारण नेपालले मास्क आयात मात्र गरेको छैन निर्यात पनि गर्न सुरु गरेको छ।
कोरोना महामारी सुरु भएसँगै सुरु भएको मास्क व्यवसायले सानै परिमाणमा भए पनि नेपाली मास्क विश्वबजारमा पुगेको छ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालबाट ९ वटा मुलुकमा ४ करोड १२ लाख ५० हजार रुपैयाँबराबरको मास्क निर्यात भएको छ।

नेपालले छिमेकी देश भारत, भुटानसहित फ्रान्स, जर्मनी, जापान, सिंगापुर, दुवै, बेलायत र अमेरिकामा यी मास्क निर्यात गरेको हो।

यी मुलुकहरुमध्ये सबैभन्दा धेरै अमेरिका र त्यसपछि जापान र भुटान पठाएको छ। तथ्यांकअनुसार पाँच महिनामा अमेरिकामा २ करोड ९५ लाख ४१ हजार रुपैयाँबराबरको ५ लाख ७८ हजार ६ सय ४८ वटा मास्क निर्यात गरेको छ।

त्यस्तै, जापानमा १ करोड ६ लाख ६१ हजार रुपैयाँबराबरको ३ लाख २ हजार ४ सय वटा मास्क निर्यात गरेको छ। भुटानमा ४ लाख ६० हजार रुपैयाँको मास्क निर्यात गरेको छ।

तपाईको प्रतिक्रिया