Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

टोकियो – महामारीका कारण व्यवसायिक गतिविधि नराम्रोसँग प्रभावित बनेको र यसको प्रभाव रोजगार क्षेत्रमा पनि परेको जापानको ठहर छ । जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार जापानमा वेरोजगार व्यक्तिको सङ्ख्या करिब ८० हजार पुगेको छ ।

प्रान्तका हिसाबले हेर्दा टोकियोमा सबैभन्दा धेरै व्यक्तिहरूले रोजगार गुमाएका छन् । त्यस पश्चात रोजगार गुमाउने व्यक्तिको संख्यामा ओसाका दोस्रो प्रान्त रहेको छ । टोकियो १९,००५ जनाले जागिर गुमाएका छन् भने ओसाकामा ६,५८१ जनाले जागिर गुमाएका छन् ।

नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक जापानको श्रम बजार कोरोना महामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ ।

तथ्यांक अनुसार जनवरीको अन्तिम देखि डिसेम्बर २१ सम्ममा ७८ हजार १५३ जनाले गुमाईसकेका वा गुमाउने अवस्थामा छन् । अधिकारिक संख्या यति भएता पनि वास्तविक संख्या धेरै बढी रहेको ठानिएको छ ।

तथ्यांकमा सबै भन्दा धेरै निर्माण क्षेत्रमा काम गर्नेहरुले आफ्नो रोजगारी गुमाएको देखिन्छ । निर्माण क्षेत्रमा कार्यरत १५,६७२ व्यक्तिहरुले रोजगार गुमाएका छन् । त्यसपछि रेष्टुरेन्ट र पबका १०,९३५ कामदारहरूले रोजगारी गुमाएका छन् भने खुद्रा क्षेत्रमा १०,३८४ जनाले र होटल क्षेत्रमा कार्यरत ९,६०५ जनाले जागिर गुमाए छन् । त्यस्तै अस्थायी एजेन्सीहरूमा ५,०८४ कामदारहरूले आफ्नो जागिर गुमाएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया