Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – ल्याटिन अमेरिकी देश अर्जेन्टिनामा कोरोनाभाइरस महामारीबीच एक नयाँ सम्पत्ति कानुन पास गरिएको छ । यो कानुन पारित भएसँगै अब त्यहाँ पूँजीपतिमाथि विशेष कर लगाइएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

त्यहाँको सरकारले यसरी धनीहरुबाट लिइएको करलाई प्रयोग गरेर गरिबहरुलाई अतिआवश्यक वस्तु दिने बताएको छ । त्यहाँ शुक्रबार सिनेटमा लखपतीमाथि कर भन्ने विशेष कानुन ल्याइएको हो । यसको पक्षमा त्यहाँ ४२ सांसद थिए भने विपक्षमा २६ सांसदले मत हाले ।

यो कानुनअनुसार अहिले त्यहाँ पहिलो पटक यस्तो कर लगाइएको हो । यो कानुनअनुसार अब त्यहाँ २० करोड पेसो अर्थात् करिब २९ करोड नेपाली रुपैयाँभन्दा धेरै सम्पत्ति हुनेले विशेष कर तिर्नु पर्छ । त्यहाँ १२ हजारभन्दा धेरै मानिससँग योभन्दा धेरै सम्पत्ति भएको मानिएको छ ।

अर्जेन्टिना कोरोनाका कारण विश्वमा सबैभन्दा प्रभावित देशमध्ये एक हो । त्यहाँ अहिलेसम्म कोरोनाका कारण १५ लाख मानिस संक्रमित भएका छन् भने ४० हजारले ज्यान गुमाएका छन् । सरकारले यसरी उठाएको करलाई विभिन्न शीर्षकमा गरिबलाई बाँड्ने बताएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया