Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – नेपाल वायुसेवा निगमको हङकङ उडान आजबाट पुनः खुला भएको छ । नेपालमा कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका यात्रु हङकङ पुग्ने बित्तिकै परीक्षण गर्दा पोजिटिभ आएका कारण तीन पटकसम्म प्रतिबन्ध लागेको निगमको उडान आजदेखि पुनः खुला भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

निगमको उडानमा हङकङले एक पटकमा १५ दिन उडानमा प्रतिबन्ध लगाइदिने गरेको थियो । हङकङले पछिल्लो पटक १० मंसिरसम्मलाई उडानमा प्रतिबन्ध लगाएपछि पुनः आजबाट उडान शुरु गरेको निगमले जानकारी दिएको छ ।

निजी प्रयोगशालाबाट भएको ७२ घण्टा भित्रको परीक्षण रिपोर्ट नेगेटिभ भएपनि विदेश पुग्ने बित्तिकै हुने परीक्षणमा भने पोजिटिभ आएर हैरान भएपछि निगमले अन्तर्राष्ट्रिय उडानमा सरकारी प्रयोगशालाको रिपोर्टलाई मात्रै मान्यता दिने गरी उडान गरिरहेको हो ।

काठमाडौंबाट हङकङ र नारिता जाने यात्रुमा पोजिटिभ रिपोर्ट आउदा सम्बन्धित देशले उडानमै प्रतिबन्ध लगाएकोले थप सचेतना अपनाउन पनि निगम बाध्य भएको हो ।

४ घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने
अब नेपाल एयरलाइन्सले जापानको नारिता र हङकङ जाने यात्रुहरूलाई उडान समयभन्दा चार घण्टाअघि नै विमानस्थल पुग्न आग्रह गरेको छ । यसअघि अन्तर्राष्ट्रिय उडानका दौरान तीन घण्टा अगाडि विमानस्थल पुग्नुपर्ने नियम थियो ।

त्यस अवधिमा विमानस्थलभित्रका चेकजाँच प्रक्रिया पुरा गरी जहाजमा चढ्न सकिन्थ्यो । तर, कोभिड १९ को महामारीका कारण थप आवश्यक विवरण जाँच गर्नुपर्ने भएकाले अब नेपाल एयरलाइन्सबाट हङकङ उड्ने तथा जापानको नारिता उड्ने यात्रुले चार घण्टा अगाडी नै जानुपर्ने नियम ल्याइएको हो । साथै हङकङ जाँदा सरकारी ल्याबबाट गरिएको कोरोना परीक्षण र नेगेटिभ नतिजा आएको रिर्पोट अनिवार्य गरिएको छ ।

तपाईको प्रतिक्रिया