टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा भएको भनिएको आर्थिक हिनामिनाका विषयमा छानविन गर्न गठित समितिले सूचना दिन आग्रह गरेको छ । अक्टुवर २ तारिखका दिन एनआरएनए सचिवालयको बैठकले गठन गरेको उच्चस्तरीय छानबिन समितिले आफूसँग भएको सूचना दिन आग्रह गरेको हो ।
गत सेप्टेम्बर १९ तारिखमा भएको साधारण सभामा आर्थिक हिनामिनाको विषय उठेको थियो । विवादपछि गठित समितले अक्टुवर २२ तारिखदेखि नै काम थालिसकेको छ । छानबिनलाई निरन्तरता दिएको समितिले थप सूचना वा अभिलेखहरु भए उपलब्ध गराई सहयोग गर्नु हुन आग्रह गरेको हो ।
जसअनुसार सन् २०१५ सालमा उठाइको भूकम्पको रकम प्रयोग सम्बन्धमा, सन् २०१८ मा सम्पन नेपाल फेस्टिबलमा विभिन्न संघ सस्थाहरुले दिएको सहयोग रकम प्रतिबेदनमा उल्लेख नगरेको सम्बन्धमा, आध्यात्मिक सेवा केन्द्र जापानद्वारा प्रदान गरिएको सहयोग रकमको सम्बन्धमा र स्मारिका प्रकाशनमा अनियमितता भएको भन्ने सम्बन्धमा सूचना दिन सकिनेछ । उल्लेखित विषयमा एनआरएनए जापानलाई चन्दा, विज्ञापन दिएको छ भने सो को रसिद वा कुनै प्रमाण पठाउन आग्रह गरिएको हो ।
थप हेर्नुहोस् :-