Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – अमेरिकाको विदेश मन्त्रालयले अमेरिकाको भिजिटर भिसाका लागि नयाँ नियम लागु गरेको छ । नियम अनुसार ओभरस्टे दर उच्च भएका देशहरुका नागरिकले भिजिटर भिसाका लागि ५ हजारदेखि १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

धरौटीवापत कति रकम राख्ने भन्ने निर्धारण भने भिसा कन्सुलर अधिकारीले नै गर्नेछन् । यो कार्यक्रम डिसेम्बर २४ देखि सुरु हुनेछ भने सन् २०२१ को जुन २४ सम्म लागु हुनेछ । यो अस्थायी अन्तिम नियम भएकाले यसमा कमेन्ट अवधि राखिएको छैन । भिसा आवेदकको अवस्था हेरेर धरौटी राख्नुपर्ने वा नपर्ने निर्धारण गर्ने अधिकार भिसा कन्सुलर अधिकारीलाई दिइएको छ भने यदि तोकिएको समयमा नफर्केको खण्डमा राखेको धरौटी रकम डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र आइसले लिनेछ ।

यो नियम नेपालको हकमा भने लागु हुने छैन् । नेपालीहरुको ओभरस्टे दर जम्मा ३ दशमलव ३८ प्रतिशत मात्र रहेका कारण नेपालीका सन्दर्भमा यो नियम लागु हुनेछैन । भिजिटर भिसामा १० प्रतिशतभन्दा बढी ओभरस्टे दर भएका देशका नागरिकका लागि यो नियम लागु हुनेछ । आर्थिक बर्ष २०१९ को रिपोर्ट अनुसार यो दर निर्धारण गरिएको हो । नेपालसहित अफगानिस्तान, एंगोला, भुटान, बर्मा, बुरुण्डी, बुर्किना फासो, चाड, कंगो, इरान, लाओस, लिबिया, सुडान लगायतका देशको सन्दर्भमा भने यो नियम लागु हुनेछ । ***

तपाईको प्रतिक्रिया