Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

टोकियो – विश्वलाई नै आक्रान्त बनाईरहेको कोभिड-१९ को महामारीले पछिल्ला समयमा जापानको नेपाली समुदाय पनि प्रभावित भईरहेको सन्दर्भमा जापान सरकारको सरोकारवला निकायहरुले चिन्ता र चासो ब्यक्त गर्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
यसैबीच जापान सरकारका राष्ट्रिय संक्रामक रोग संस्थान, संक्रामक रोग निगरानी तथा सूचना केन्द्रका विभागिय प्रमुख डा. तोमिमासा सुनागावाले संक्रमणबाट बच्न उच्च सतर्कता सहित आधारभुत मापदण्डको पालना गर्न नेपाली समुदायलाई अपिल गरेका छन् ।

शिन्ज्युकु सिटी कार्यालयका प्रतिनिधी, बहुराष्ट्रिय साँस्कृतिक केन्द्र शिन्ज्युकुका प्रतिनिधी तथा महामारीविज्ञ सम्मिलित टोलीको बिशेष उपस्थितिमा समुद्रपारिसंग कुरा गर्दै डा. सुनागावाले नेपाली समुदायमा यस्तो अपिल गरेका हुन् ।

नेपालमा पनि पछिल्ला समयमा नोवेल कोरोना भाइरसबाट संक्रमितहरुको संख्या तिब्ररुपले बढ्दो क्रममा रहेको, नोवेम्बर महिना सुरुभएसंगै यो संख्या २ लाख नाघेको र यसबाट मृत्यु हुनेको संख्या १ हजार १ सय पुगेको आफुले जानकारी पाएको बताउँदै डा. सुनागावाले जापानमा पनि संक्रमितहरुको संख्या बढ्दै गईरहेको बताए ।

चिन्ताको बिषय अक्टोबर महिना सुरु भएसंगै जापानमा रहेका नेपालीहरुमा पनि कोरोना भाइरसबाट संक्रमितहरुको संख्या बढ्न थालेको बताउँदै डा. सुनागावाले भने -’गुन्माकेनमा नेपालीहरुसहित ५० जना संक्रमित भेटिएको र सोही अवधिमै चिबा र सेन्दाई गरी झण्डै डेढ सय जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या बढ्दो क्रममा रहेको देखिन्छ । तोहोकु न्यूजका अनुसार सेन्दाइस्थित अटोमोबाइल कलेजको होष्टेलमा बस्ने ठूलो संख्याका नेपालीसहित विदेशी विद्यार्थीहरुमा कोरोना संक्रमण फैलिएको छ ।’

जापानको विभिन्न भागमा बसोबास गर्ने नेपालीहरुमा पनि संक्रमण बढेसंगै जापान सरकारको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले यसबाट बच्न र फैलन नदिन अपनाउनु पर्ने उपायहरुका बारेमा नेपाली भाषामै पर्चा बनाई आफ्नो होमपेजमा https://www.covid19info.jp/pdf/Poster_NE.pdf) राखेको छ’ – उनले भने ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

डा. सुनागावाका अनुसार कोरोना भाइरसको संक्रमण हाल जापानभरि नै फैलिएको अवस्था छ । संक्रमण पुष्टि भएका कतिपय बिरामीहरुमा घाँटी दुख्ने, टाउको दुख्ने, नाक बन्द हुने, पूरै जिउ दुख्ने, ज्यान भारी तथा कमजोर हुने जस्ता सामान्य लक्षण बाहेक खासै ठूला लक्षणहरु देखा नपरेको पाईएको छ । युवावस्थाका संक्रमितहरुमा भने सामान्य बिरामी बाहेक लक्षण नदेखिएको पाईएको छ । बृद्धा वा दीर्घरोगीहरुको भने संक्रमित भएमा गम्भीर बिरामी पर्न सक्ने वा मृत्यु समेत हुन सक्छ ।

‘त्यसैले उच्च सतर्कताका साथ आफु पनि संक्रमण हुनबाट बच्दै अरुलाई पनि बचाउँदै मानवीय स्वास्थ्य संबेदनशीलतामा उच्च सतर्कता अपनाउनु नै अहिलेको सबैभन्दा महत्वपर्ण र अचुक उपाय हो । यसो गर्न सकिएमा मात्र आफ्ना नियमित आर्थिक गतिविधिलाई सुचारु गर्न सकिन्छ’ – उनले भने ।

डा. सुनागावाका अनुसार यदि कसैमा संक्रमण भएको छ तर बिरामीलाई थाहा पनि छैन र कुनै लक्षण पनि देखिएको छैन भने पनि त्यस्तो अवस्थामा अरुलाई सर्न सक्ने संभावना रहन्छ । यसैगरी संक्रमण भएको बिरामीमा लक्षण देखिनु दुई दिन अघिदेखिनै अरुलाई सर्ने गरेको पाईएको छ ।

संक्रमणबाट बच्न, बचाउन र फैलन नदिन निम्न कुराहरुमा ध्यान दिन उनले नेपाली समुदायमा बिशेष अपिल गरेका छन् ।
अनिवार्य मास्क लगाउने : कसैसंग वार्तालाप गर्नुपर्दा सकेसम्म २ मीटर (कम्तीमा १ मिटर) को सामाजिक दूरी कायम गरौं । यो पालना गर्ने अवस्था नभएमा अनिवार्य मास्क लगाउनुहोला । सर्जिकल मास्क सबैभन्दा राम्रो हो । तथापि कपडाको मास्क पनि संक्रमण रोक्न प्रभावकारी मानिन्छ । आफ्नो अनुहार र नाकको बनावट अनुसार मास्कको साइज फिट गर्न डोरीलाई छोटो गर्न सकिन्छ । यसरी फिट गरी मास्कले आफ्नो नाकको पुरै भाग राम्रोसंग छोप्ने गरौं ।

सामुहिक रात्रीभोज, खाईपिई पार्टी तथा अन्य जमघटका सम्बन्धमा निम्नलिखित मापदण्डको पालना गरौं ।
हात धुनेः खाना खानु अघि, शौचालयको प्रयोग पछि र बाहिरबाट घर फर्केपछि अनिवार्य साबुन पानीले राम्रोसंग हात धुने गर्नुहोला । यसका साथै अनिवार्य स्यानिटाइजर प्रयोग गर्नुहोला ।

सामाजिक दूरी कायम गरौं : सकेसम्म २ मिटर (न्युनतम १ मिटर) को सामाजिक दूरी कायम गरौं । त्यसो गर्न नसक्ने अवस्था हो भने समयावधिलाई छोट्याऔं ।

उच्च जोखिमका तीन अवस्थाबाट सक्दो सावधानी अपनाऔं : राम्रोसंग वायुसञ्चार (भेन्टिलेशन) नहुने ठाउँ, धेरैजना मानिसहरु जमघट हुने ठाउँ र धेरैजना मानिसहरुसंग नजिकमा रहेर काम गर्नुपर्ने ठाउँ गरी यी तीन अवस्थामा संक्रमण फैलने उच्च जोखिम रहन्छ । यस्तो जोखिमपूर्ण वातावरणमा एकैचोटी धेरैजनामा संक्रमण फैलन सक्दछ । यदि यस्तो अवस्थाको विकल्प छैन भने समयावधिलाई सक्दो छोटो गरौं । अब बिस्तारै जाडो बढ्दै छ तथापि प्रशस्त वायुसञ्चार हुने प्रवन्ध मिलाऔं ।

संक्रमण फैलन सक्ने उच्च जोखिमयुक्त बानी, ब्यवहार
१. मास्क बिना कुराकानी : मास्क बिना कुराकानी गर्दा खोकी लागेमा वा हाँच्छिउ आएमा मुखबाट स-साना थुकका बाछिटा निस्कने हुँदा त्यसमा भाइरस हुनसक्ने भएकोले दोस्रो ब्यक्तिलाई संक्रमण हुने उच्च जोखिम रहन्छ यस्तो अवस्थामा न्युनतम सामाजिक दूरी कायम गरेता पनि एक-अर्कामा संक्रमण हुने जोखिम यथावतै रहन्छ ।

२. खाईपिई तथा भोजभतेरजन्य पार्टी : यस्तो बेलामा लगाएको मास्क हटाईने हुँदा नजिकैको दोस्रो ब्यक्तिसंग खानपिन गर्दै कुराकानी गर्नु भनेको मास्कबिना कुराकानी गर्दाखेरीको जस्तै उच्च जोखिमको अवस्था हो । ध्यान दिनुपर्ने अत्यन्त महत्वपूर्ण कुरो यो छ कि, खाना वा पेयपदार्थ मुखमा प्रवेश गराउने बेला बाहेक अरु बेला मास्क मुखबाट नहटाऔं । उच्च सावधानी र सतर्कता अपनाई भोजनसंगै वार्तालापको आनन्द लिऔं । धेरै मान्छेहरुको जमघट हुने दशैं, तिहार जस्ता भोजभतेरजन्य पार्टीमा पेयपदार्थको सेवन जस्ता कारणले हर्षोल्लासतिर मात्र ध्यान केन्द्रित हुने हुँदा संक्रमणबाट बच्न अपनाउनुपर्ने आधारभुत मापदण्ड बारे भुल्न सकिन्छ । त्यसैले पार्टीलाई सुरक्षित बनाई खानपिन एवं भेटघाटको महत्वपूर्ण समयलाई भरपुर आनन्दित बनाऔं ।

३. साँगुरो कोठामा सामुहिक (संयुक्त) बसाई : संयुक्त परिवार वा एउटै कोठामा धेरैजना मिलेर बसेकाहरुमा कोरोना संक्रमण उच्च पाईएको छ । साँगुरो कोठा वा घरभित्र संगै रहँदा मास्क बिना कुराकानी तथा खानापिन गर्ने, शौचालय तथा स्नानकक्षको संयुक्त प्रयोग गर्ने जस्ता कारणले संक्रमणको जोखिम सँधै उच्च रहने गर्दछ । नियमित बाह्य सम्पर्कमा रहनुपर्ने ब्यक्तिले अनिवार्य मास्कको प्रयोग र नियमित हात धुने गरेमा सुरक्षित रहन सकिन्छ । दुर्बल स्वास्थ्य स्थिति भएको ब्यक्तिले अनिबार्य मास्क प्रयोग गर्ने र सम्बन्धित निकाय वा ब्यक्तिसंग सम्पर्क गरी परामर्श लिनु उपयुक्त हुन्छ । यसैगरी काम वा स्कुल-कलेजबाट बिदा लिई चिकित्सकसंग सम्पर्क गर्नुहोला । संयुक्त बसाईको अगुवाई गरेका घरमुली वा अगुवा ब्यक्तिले स्वयम र अन्य सदस्यहरुको स्वास्थ्य स्थिति बारे नियमित अनुगमन गर्नुका साथै उच्चतम ख्याल राख्नुहोला ।

स्मरण रहोस् अक्टोबर महिना लागेसंगै जापानको नेपाली समुदायका चिरपरिचित दर्जनौ अगुवा ब्यक्तिहरु संक्रमित भएका थिए । उनीहरु सबै कोरोनामुक्त भई सकुशल घर फर्केका छन् । हाल संक्रमित नेपालीहरुको संख्या यकिन छैन । जापानभरि यो संख्या डेढ सयभन्दा बढि हुन सक्ने अधिकारीहरु बताउँछन, तथापी गोपनियताका कारण पहिचान र यकिन विवरण बताउन नमिल्ने उनीहरुको भनाई छ ।***

तपाईको प्रतिक्रिया