Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – नेपाल वायुसेवा निगमले नेपालका प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आउने तर विदेशमा पुनः परीक्षण गर्दा पोजेटिभ आएकोप्रति ध्यानाकर्षण गराएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

निगमले उडान गर्ने गन्तव्यहरुमा यात्रा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मान्यता प्राप्त प्रयोगशालाबाट आरटी पीसीआर परीक्षण गरी ७२ घण्टाभित्रको रिपोर्टलाई मान्यता दिए पनि विगत केही दिनदेखि हङकङ, दुबई, नारिताजस्ता गन्तव्यहरुमा ७२ घण्टाको पीसीआर रिपोर्टका बाबजुद पनि त्यहाँ परीक्षण गर्दा कोभिड-१९ पोजेटिभ देखिएको जनाएको हो ।

जसले गर्दा सम्बन्धित देशका निकायहरुले निगमलाई सचेत गराउनुका साथै कतिपय उडानमा रोकसमेत लगाएकाले निगमलाई आर्थिक तथा प्रतिष्ठाको दृष्टिले ठूलो नोक्सानी पर्न गएको भन्दै ध्यानाकर्षण गराएको छ । निगमले ७२ घण्टाभित्रको कोरोना परीक्षण गर्दाको रिपोर्टका आधारमा यात्रुलाई उडाउँदै आएको छ । तर, नेपालमा नेगेटिभ देखिएका यात्रुमध्ये गन्तव्य मुलुकमा पुगेपछि सम्बन्धित देशले पुनः परीक्षण गर्दा केही यात्रुमा पोजेटिभ देखिएपछि निगम कारबाहीमा पर्दै आएको छ ।

हङकङले लगायो तीनपटक प्रतिबन्ध
निगमलाई हङकङले तीनपटक उडानमै प्रतिबन्ध लगाएको छ । लामो प्रतिवन्धपछि खुलेको नियमित उडानका दौरान नेपाल एयरलाइन्सका विमान फुल अकुपेन्सीमा उडिरहेको गन्तब्य हो हङकङ । कम्पनीका प्रवक्ता करिष्मा श्रेष्ठका अनुसार चाडबाडको मुखमा हङकङ-काठमाडौं उडान भरिभराउ हुन्छ ।

तर, हङकङको सरकारी नियामक निकायले दशैंको ठीक अगाडि, दशैंपछि र तिहारको ठिक अगाडि गरी तीनपटक नेपाल एयरलाइन्सलाई उडान प्रतिबन्ध लगायो । बिहीबारबाट लागू भएको पछिल्लो प्रतिबन्ध २५ नोभेम्बरसम्म कायम रहनेछ । कारण चाँहि उहि हो- एयरलाइन्सको विमानबाट हङकङ पुगेका यात्रुमा कोरोना देखिनु ।नेपालबाट नेगेटिभ रिर्पोट बोकेर हङकङ उडिरहेकै यात्रुमा कोरोना पुष्टि हुँदा एयरलाइन्सले पटक-पटक प्रतिवन्ध झेल्नु परेको छ । यूएईले यसैगर्दा दुबईमा नेपालबाट गएका यात्रुमा कोरोना पुष्टि भएको छ । नेपालबाट जापानको नारिता पुगेका यात्रुमा समेत कोरोना पोजिटिभ देखिएको छ । नेपाल एयरलाइन्सले सबैतिरबाट प्रतिवन्धको चेतावनी पाइरहेको छ ।

तपाईको प्रतिक्रिया