Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – वेलायतकी महारानी र अन्य राजपरिवारका सदस्यले सबै भन्दा पहिला कोरोना विरुद्धको खोप लगाउन पाउने छैनन् । वेलायतमा धनाढ्यहरुले खोपलाई ठुलो मात्रामा खरिद गरेर संचय गर्न पाउनेछैनन् । यहाँसम्म कि वेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनि आफ्नो पालो कुर्नपर्ने हुन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कसैले पनि लाइन मिचेर अगाडी खोप लगाउन पाउनेछैनन् । कुनै पनि व्यक्तिलाई विशेष उपचार नदिने वेलायतले घोषणा गरेको छ ।

आउँदो महिनामा शुरु हुन लागेको ठुलो संख्यामा खोप लगाउने कर्यक्रममा सबैलाई नियम अनुसार खोप लगाइने वेलायत सरकारले जनाएको छ ।

एनएचएसले गर्ने खोप कार्यक्रम सार्वजनिक रुपमा हुने र धनाढ्य कम्पनीहरुले पनि लाइन मिच्न नपाइने बताएको छ । सेप्टेम्बरमा प्रकासित, जोइन्ट कमिटि अन भ्याक्सिनेसन एण्ड इम्युनाइजेसन (जेसीभीआइ) को निर्देशन अनुसार केयर होमका वृद्ध र उनीहरुको रेखदेख गर्ने कर्मचारीलाई कोरोना खोपमा प्राथमिकता दिइनेछ ।

त्यसपछि ८० वर्ष भन्दा माथिका मानिसहरु दोश्रो चरणको लाइनमा हुनेछन् जसमा वेलायतकी ९४ वर्षीय महारानी पनि हुनेछिन् । त्यसपछि ७५ वर्ष भन्दा माथिका, ७० वर्ष भन्दा अधिक, ६५ वर्ष अधिक उमेरका र खतरामा रहेका ६५ वर्ष भन्दा मुनिका वृद्धहरुले पहिला खोप लगाउन पाउनेछन् ।

प्राथमिकताको सुचीअनुसार, ७१ वर्षीय राजकुमार चार्ल्स खोप लगाउने चौथो समूहमा पर्नेछन् भने ५६ वर्षीय प्रधानमन्त्री जोनसन नौं अंकको समूहमा पर्नेछन् साथै ३८ वर्षीय राजकुमार विलियम ११ औं समूहमा रहेका छन् ।

वेल्सका राजकुमार, प्रधानमन्त्री जोनसन र डुक अफ क्याम्ब्रिज सबै कोरोनाबाट संक्रमित भइसकेका छन् तर वैज्ञानिकहरुले यसको इम्युनिटीको बारेमा केहि खुलाएका छैनन् र यसको लामो समयसम्म हुने प्रभावको बारेमा केहि बताएका छैनन् । लकडाउनमा बन्द रहेका उद्योगहरुमा कामदारहरुलाई पुन काममा फर्काउन ठुला कम्पनीहरुले अधिक मात्रामा खोप खरिद गरी संचय गरेर राख्न सक्ने चिन्ता बढ्दै गएको छ ।

यसले कोरोना खोप केवल वेलायतका नागरिकले मात्र पाउने कुरामा पनि आशंका गरिएको छ । तर स्वास्थ्य विभागले त्यस्तो नहुने बताएको छ । ठुलो संख्यामा खोप लगाउने कार्यक्रमलाई सोमवार अमेरिकी ड्रग कम्पनी फाइजरले सम्भव हुने संकेत दिएको छ ।

कम्पनीले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार, खोपले दश मध्ये नौं जनालाई कोरोना संक्रमणबाट बचाउनेछ । यस सूचना संगै थुप्रै फेमेली डाक्टरहरुले केहि हप्तामा नै लाखौँ मानिसलाई खोप लगाउने तयारीमा छन् ।

एनएचएस इंग्ल्याण्डको अनुसार, खोपले अनुमति पाएको सात दिन भित्रमा बिहान आठ बजे देखि राति आठ बजे सम्म खोप वितरण गर्न वेलायत तयार रहेको छ ।

१२ सय भन्दा अधिक जीपी सर्जरिजका कर्मचारीलाई केयर होम भित्र नै खोप लगाउन र देशको निर्धारित क्षेत्रमा खोप पुराउन निर्देशन दिइसकेको छ ।

भव्यरुपमा खोप लगाइने हुनाले ठुला खेल मैदान , हलहरु र सपिंग सेन्टरमा सेना तैनाथ गरिनेछ जुन दोश्रो विश्वयुद्द पछिको सबैभन्दा ठुलो चुनौतीको रुपमा रहेको छ ।

तपाईको प्रतिक्रिया