Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

टोकियो – जापानमा पनि कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँका स्थानीय अधिकारी र सो मन्त्रालयले राजधानी टोकियोमा पछिल्लो समयमा यस भााइरसका संक्रमितहरु बढ्न थालेको जनाएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जापानमा मंगलबार मात्र १ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित थपिएका छन् । जापानको राष्ट्रिय टेलिभिजन एनएचकेका अनुसार यहाँ मंगलबार मात्र १ हजार २७९ जना संक्रमित थपिएका हुन् । जापानमा मंगलबार १ हजार २७९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै अहिलेसम्म यहाँ कोभिड-१९ बाट संक्रमित हुनेको संख्या १ लाखभन्दा बढी पुगेको बताइएको छ ।

यहाँ कोरोना भाइरसका संक्रमितहरुको संख्या १ लाख १० हजार ६१६ पुगेको जापानको स्थानीय अधिकारी तथा स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध तथ्यांकहरुमा उल्लेख गरिएको छ । जापानमा पुगेको सो तथ्यांक सन् २०२० को सुरुमा डायमण्ड प्रिन्सेस नामक पानी जहाजमा योकोहोमा रहेका ७१२ संक्रमितरु प्नि समावेश गरिएको छैन ।

जापानमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ८६४ जना पुगेको छ । सो पानी जहाजका १३ सहित मृत्यु हुनेको संख्या त्यति पुगेको हो । जापानमा मंगलबार मात्र पनि १५ जनाको यस संक्रमणबाबट ज्यान गएको बताइएको छ ।

जापानले विदेशीहरूका लागि अक्टोबर १ देखि प्रवेशमा सहज बनाएको छ । यद्यपि पर्यटक आवागमनलाई भने अझै अस्वीकार गरिएको छ । तर पनि पछिल्लो समयमा जापानमा कोभिड १९ का संक्रमितहरुको संख्या भने बढ्दो रहेको देखिएको छ । अधिकारीहरुले राजधानी टोकियो र बाहिर पनि यसको संक्रमण बढ्दै गएको बताएका छन् । –रासस/सिन्ह्वा

तपाईको प्रतिक्रिया