Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

नयाँदिल्ली – भारतमा कोरोना भाइरसबाट सक्रिय सङ्क्रमित अवस्थामा रहेकाहरुको संख्या पछिल्लो तीन महिनाकै सबैभन्दा कम भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार गत १०६ दिन यताको सबैभन्दा कम भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यो बीचमा पाँच लाखभन्दा धैरै मानिस सक्रिय सङ्क्रमित अवस्थामा रहने गरेकोमा अहिले पाँच लाखभन्दा कम भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख ९४ हजार ६५७ रहेको छ । ‘सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या अहिले घट्दै जानु सुखद कुरा हो, भारतमा दैनिक सङ्क्रमितहरुको संख्यामा पनि कमी आएको छ’, स्वास्थ्य मन्त्रालयले भनेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा सङ्क्रमित भएकाहरुको संख्या ४४ हजार २८१ रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ८६ लाख ३६ हजार १२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसकै कारणले कम्तीमा ५१२ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको संख्या एक लाख २७ हजार ५७१ पुगेको छ । –एएनआई

तपाईको प्रतिक्रिया