काठमाडौँ – वैज्ञानिक उगुर सहिन र ओजलेम टुरेसीले आफ्नो जीवन ओन्कोलोजी र संक्रामक रोगको अनुसन्धान र अध्ययनमा समर्पण गरेका छन् । उनीहरुले क्यासर पिडितको लागि इम्युनोथेरापी उपचारको बारेमा अध्ययन र खोज गर्न वर्षौं बिताएका छन् ।
कोरोना महामारीको बीचमा उनीहरुले मोडिफाइड जेनेटिक कोडको बारेमा गरेको अनुसन्धान र विश्वको पहिलो कोरोना खोप बन्न सफल भएको छ जसको कारण सबैको ध्यान केन्द्रित भएको छ । ५५ वर्षीय सहिन र ५३ वर्षीय टुरेसीले सन् २००८, मे महिनामा, जर्मनीको केन्द्रीय शहर मेन्जमा बायो एनटेक नामको कम्पनी स्थापना गरे ।
सोमबार कम्पनीको पार्टनर युएस फार्मास्युटिकल कम्पनी फाइजरले आफ्नो स्वयंसेवकहरुमा कोरोना खोपको ९० प्रतिशत भन्दा अधिक प्रभावकारी भएको र संक्रमणबाट जोगाउन सफल भएको तथ्य सार्वजनिक गर्यो । उक्त खोपमा पहिला अनुमति नदिएको प्रविधि प्रयोग गरिएको थियो जसलाई मेसेन्जर आरएनए अथवा एमआरएनए भनिन्छ । यस प्रविधिले खोप लगाएका मानिसको शरीरमा इम्युन प्रतिक्रिया वृद्धि गरको कम्पनीले बताएको छ ।
सहिन भन्छन्, ‘यसले विश्वमा आशा पलाएको छ, यो मानवजातिको लागि निकै राम्रो आविस्कार हो र अब कोरोना संक्रमणलाई एउटा खोपको माध्यमबाट रोक्न सकिनेछ ।’ फाइजरका सीइओ, अल्बर्ट बर्ला भन्छन्, ‘यो पछिल्लो सय वर्षमा अहिले सम्मको सबैभन्दा प्रभावकारी खोप हो ।’ यस खोपले वैज्ञानिकहरुको समुदायमा ठुलो विकास भएको छ र सहिन र टुरेसी दक्ष वैज्ञानिकको रुपमा स्थापित भएका छन् । दुवै जना तालिमप्राप्त फिजिसियन हुन् र उनीहरुले यस भन्दा अगाडी ज्ञानीमद फर्मास्युटिकल्समा काम गर्दथे ।
सन् २००१ मा उनीहरुले क्यान्सर संग लड्ने एन्टीबडीजको विकास गरका थिए । उक्त उपचारलाई उनीहरुले सन् २०१६ मा १.४ बिलियन अमेरिकी डलरमा बिक्रि गरेका थिए । प्रमुख कार्यकारी सहिन र प्रमुख मेडिकल अधिकृत टुरेसी जर्मनीको सय धनाढ्यको सुचीमा समेत रहेका छन् । मंगलवार उनीहरुको नास्डाकको सुचीमा परेको कम्पनीको मार्केट मूल्य ४.६ विलियन अमेरिकी डलरबाट २५.७२ बिलियन अमेरिकी डलर पुगेको छ ।
उक्त जोडीले आफ्नो कमाइ च्यारिटी र आवश्यकता भएकाहरुलाई दान गर्दै आएका छन् र विज्ञान र एकेडेमियामा सहयोग गर्दै आएका छन् । उनीहरु चुपचाप काम गर्न रुचाउछन् तर कोभिड-१९ को खोप र त्यसको सफलताले उनीहरुलाई चर्चामा ल्याइदियो । मे महिनामा वैज्ञानिक जोडीले, ‘समाजको लागि केहि गर्नुपर्छ’ भनेका थिए । उनीहरु पछिल्लो दुई दशक देखि आफ्नो क्षेत्रमा निरन्तर खटिरहेका छन् ।
सहिन टर्कीको मेडिटेरियन कोस्ट इस्केन्ड्रनमा जन्मिएका हुन् । उनी चार वर्षको हुँदा जर्मनीको कोलोनमा आएका थिए जहाँ उनको बुबा स्थानीय उद्योगमा काम गर्दथे । टुरेसी एक टर्किस डाक्टरकी छोरी हुन्, उनीहरुको भेट अध्ययनको समयमा भएको थियो । सहिन र टुरेसी दुवैको क्यान्सर र त्यसको उपचारमा लगाव थियो ।
उनीहरुले आफ्नो विवाहको भोलिपल्ट देखि नै ल्याबमा संगै काम गर्न शुरुवात गरेका थिए । सहिनले जब जनावरी महिनामा चीनको वुहानमा कोरोना भाइरसको बारेमा पढे तब उनले सानो प्रयास गरेका थिए जसमा उनले एन्टी-क्यान्सर एमआरएनए बाट एमआरएनए मा आधारित एन्टी-भाइरस खोप बनाउन शुरुवात गरे ।
बायो एन टेकले आफ्नो पाँच सय कर्मचारीलाई उक्त प्रोजेक्टमा लगाएको थियो जुन एमआरएनए को कम्पाउण्डमा आधारित थियो । उक्त प्रोजेक्टको कारणले मार्च महिनामा कम्पनीले फाइजरसंग सहकार्य गरको थियो । संयुक्त रुपमा काम गरेका दूई कम्पनीले कोभिड-१९ खोप विकासको शुरुवात जेनेटिक मेटेरियल, एमआरएनए बाट बनाएका थिए जसले प्रोटिनको निर्माण गर्छ र कोरोना भाइरसको एक टुक्रा जस्तै देखिन्छ ।
सिधान्तमा इम्युन सिस्टमले पहिला पहिचान गर्छ र अनिमात्र आक्रमण गर्छ भन्ने रहेको छ र यसले कुनैपनि भाइरस संक्रमण विरुद्ध तुरुन्त प्रतिक्रिया गर्दछ । सहिन बाल्यकाल देखि नै शान्त स्वभावका थिए । मेन्ज विश्वविद्यालयका प्राध्यापक तथा उनका साथी मथायस थोबाल्ड भन्छन्, ‘उनी सधै नम्र व्यवहारका हुन्छन्, आफ्नो सफलताको कारण उनी कहिले परिवर्तन भएनन् ।’ जब सहिनले विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण रोक्नको लागि अपिल गरे तब उनको शान्त व्यवहार प्रष्ट देखिन्थ्यो ।
मंगलवार उनले भने, ‘मलाई बायोएनटेक/फाइजर खोपमा विश्वास छ र यो विश्वको एक मात्र खोप पनि होइन किनभने कतिपय कोरोना विरुद्धका खोपहरु तेश्रो चरणको परिक्षणमा पुगिसकेका छन् ।’ सहिन भन्छन्, ‘खोपले स्वीकृति पाएपछि सन् २०२१ को अन्त्य सम्ममा बायोएनटेक र फाइजरले १.३ बिलियन खोप उत्पादन गर्ने छ ।’ उनले भने, ‘यदि अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले खोपको इमर्जेन्सी प्रयोगको लागि अनुमति दिए अर्को हप्ता सम्ममा कम्पनीले खोप तयार गर्नेछ ।’
यो पनि : अन्ततः कोभिड-१९ को खोप बनेको नै हो ?