काठमाडौं – बार्सिलोनाका पूर्व स्टार स्ट्राइकर स्यामुएल इटो चढेको कार दुर्घटना भएको छ । बिपरित दिशाबाट आइरहेको बससँग ठोक्किँदा उनी चढेको कार दुर्घटनामा परेको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनी सवार कार क्यामरुनको डुआला र बाफोसम क्षेत्रको सडकमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेका इटोलाई सामान्य चोट लागेको छ । कारमा सवार सबैजना सकुसल भए पनि उनको कारको अगाडिको भाग भने क्षतविक्षत भएको छ ।
गत वर्ष खेल जीवनबाट सन्यास लिएका ३९ वर्षीय इटोले सन् २०१४ पछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् ।
चार पटकको वर्ष अफ्रिकन खेलाडी घोषित इटोले ४ च्याम्पियन्स लिग, ३ ला लिगा र १ सिरी ए उपाधि हात पारेका छन् ।
उनले बार्सिलोनासँगै, चेल्सी, इन्टर मिलानमा खेलेका थिए ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, कार्तिक २५, २०७७
प्रकाशित समय: १३:००:०९