Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौ – देशभर कोरोना भाइरस संक्रमितको संख्या एक लाख ७० हजार सात सय ४३ पुगेको छ । उनीहरूमध्ये एक लाख ३१ हजार दुई सय २२ जना निको भएका छन् । सक्रमित मध्यै पनि काठमाडौ उपत्यका जोखिम क्षेत्रमा रहेको छ  ।

काठमाडौ महानगरपालीकाका अनुसार शनिबार सम्म  काठमाडौमा २३५२८ जना सक्रमित देखिएका छन् ।  होम आईसोलेसन ७५८२  ब्यक्ति  बसेका छन् । यसै गरी अस्पतालमा ५२३ ब्यक्तिले उपचार गराईरहका छन् । १०५०७ जना उपचार पछि निको भएको महानगरपालीकाले जनाएको छ ।

काठमाडौमा १४७ जनाको मृत्यु भएको छ भने ३३६८७ जनाको कन्ट्याक्ट ट्रेसिङ्ग गरिएको छ । हाल सम्म ३३६८७ जनाको पिसिआर परिक्षण गरिएको  पनि महानगरपालीकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया