Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – जर्मनीमा कोरोना भाइरसका संक्रमितको संख्या पाँच लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार यहाँ कोभिडका संक्रमितको संख्या ५ लाख १८ हजार ७५३ जना पुगेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

साथै यहाँका स्वास्थ्य अधिकारीहरुले यस संक्रमणबाट गएको २४ घण्टा यता कम्तीमा पनि १९ हजार जना संक्रमित भेटिएको जनाएका छन् । जर्मनीमा कोरोना संक्रमण शुरु भएदेखिको यो नै सबैभन्दा ठूलो संख्या भएको पनि उनीहरुले बताएका छन् । जर्मनीमा यस कोभिड भाइरसको दोस्रो वेभ आएको बताइएको थियो ।

त्यसैले पनि पछिल्लो समयमा यहाँ धेरै संक्रमितहरु देखिएको बताइएको छ । यहाँ यस भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या पनि १० हजार नाघेको छ । यहाँ गएको २४ घण्टामा यो संक्रमणबाट कम्तीमा पनि १०३ जनाको ज्यान गएको छ । यो सँगै यहाँ यस कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ४५२ जना पुगेका छन् ।

जर्मनीमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढेपछि यहाँका कतिपय क्षेत्रमा कडा खालका प्रतिबन्धहरु पनि लगाइएको समाचार यसअघि नै आएको थियो । यहाँको सरकारले यो भाइरसको प्रकोप बढ्दै गएकोले अझै कडा खालका लकडाउनका कार्यक्रमहरु पनि घोषणा गर्ने कि भनेर पनि परामर्श गरिरहेको बताइएको छ । सिन्ह्वा

तपाईको प्रतिक्रिया