Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – विश्वभर थप ५ लाख बढीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।

वर्ल्ड मिटरको अध्यावधिक विवरणअनुसार थप ५ लाख १ हजार ६ सय १ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ४७ लाख ३८ हजार नाघेको छ ।

कोरोना संक्रमणबाट थप ७ हजार ९१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ७८ हजार ५ सय १४ पुगेको वर्ल्ड मिटरले जनाएको छ ।

विश्वभर कोरोना संक्रमण देखिएका मध्ये ३ करोड २७ लाख बढी संक्रमण मुक्त भइसकेका छन् भने अझै १ करोड ८५ लाख ५९ हजार सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा थप ८ हजार संक्रमित थपिएका छन् । यससंगै अमेरिकामा संक्रमितको संख्या ९१ लाख १८ हजार नाघेको छ । कोरोना संक्रमणबाट अमेरिकामा थप १ हजार जनाको मृत्यु भएको छ भने अमेरिकाभर मृत्यु हुनेको संख्या २ लाख ३३ हजार नाघेको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये दोस्रो नम्बरमा रहेको भारतमा पछिल्लो २४ घण्टामा ४९ हजार ९ सय बढी संक्रमित थपिएका छन् । भारतमा कूल संक्रमितको संख्या ८० लाख ३८ हजार नाघेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा थप ५ सय ९ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २० हजार ५ सय नाघेको छ ।

भारतपछि ब्राजिलमा सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या ५४ लाख ६९ हजार पुगेको छ । ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५८ हजार ४ सय नाघेको छ ।

यस्तै, रसियामा कोरोना संक्रमितको संख्या १५ लाख ६३ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या २६ हजार ९ सय नाघेको छ ।

फ्रान्समा कोरोना संक्रमितको संख्या १२ लाख ३५ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या ३५ हजार ७ सय नाघेको छ ।

कोरोना भाइरसबाट प्रभावित मुलुकमध्ये नेपाल ३४ औं नम्बरमा छ । नेपालमा हालसम्म १ लाख ६२ हजार ३ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट नेपालमा ८ सय ८७ जनाको मृत्यु भएको छ भने १ लाख २१ हजार ८ सय २४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा हाल कोरोना भाइरसका ३९ हजार ६ सय ४३ जना सक्रिय संक्रमित छन् । @

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया