Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – चिनियाँ अर्बपति ज्याक माँको एन्ट ग्रुपले संसारकै अहिलेसम्मकै ठूलो प्राथमिक शेयर निष्कासन (आईपीओ) गर्ने भएको छ । वित्तीय प्रविधिको कम्पनी एन्ट ग्रुप (अलिबाबा) ले हङकङ र सांघाईमा ३४ अर्ब डलरको आईपीओ जारी गर्न लागेको साउथ चाइना मर्निङ पोष्टले लेखेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ईकमर्शको विश्वप्रसिद्ध कम्पनी एन्ट ग्रुपले डिजिटल पेमेन्ट सेवा अलिपे सञ्चालन गर्छ । प्राथमिक शेयर निष्कासनपश्चात कम्पनीको बजार मूल्य ३१० अर्ब डलर हुने अनुमान गरिएको छ, जुन जेपी मोर्गान चेज तथा अरु विश्व प्रसिद्ध ब्यांकको हाराहारी हो ।

एन्ट ग्रुपले प्राथमिक शेयर निष्कासनमार्फत बजारमा उठाउन लागेको रकम साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अराम्कोले गत वर्ष आईपीओमार्फत संकलन गरेको भन्दा धेरै रकम हो । साउदी अराम्कोले २९.४ अर्बको आईपीओ जारी गरेको थियो । अलीबाबाले सन् २०१४ मा न्यूयोर्क स्टक एक्सचेन्जमा २५ अर्ब डलरको शेयर निष्कासन गरेको थियो ।

डिजिटल ब्यांकिङ सेवा प्रदान गर्ने अलिपेका करोडौं ग्राहक छन् । अलिपे आफैंले क्रेडिट कार्ड, डेबिट कार्ड, म्युचुअल फण्ड आदि सञ्चालन गर्छ। अलिपेमा मासिक ७३ करोड ग्राहकले कारोबार गर्छन् ।

यो विश्वप्रसिद्ध अर्को कम्पनी पेपालका सक्रिय ग्राहकको संख्या भन्दा दोब्बर धेरै हो । प्राथमिक शेयर निष्कासनपछि ५६ वर्षीय चिनियाँ अर्बपति ज्याक माँको सम्पत्ति ७१ अर्ब अमेरिकी डलर नाघ्ने अनुमान गरिएको छ। यसले उनलाई संसारकै सर्वाधिक ११ औं धनी बनाउनेछ ।-एजेन्सी

तपाईको प्रतिक्रिया