Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौँ – चीनका धनाढ्यहरूले सन् २०२० मा १.४ ट्रिलियन अमेरिकी डलर थप आर्जन गरेका छन् ।  हुरुन नामक चिनियाँ वार्षिक समृद्ध सूचीका अनुसार सो रकम उनीहरूले बितेका पाँच वर्षमा गरेको मुनाफाभन्दा बढी हो ।

ई–कमर्स र भिडियो खेलहरूमा महामारीको समय व्यापक आकर्षण बढेको र यसका कारण चिनियाँ धनाढ्यहरूलाई थप धन आर्जनको अवसर मिलेको अनुसन्धानले देखाएको छ । अगस्टसम्ममा विश्वको दोस्रो अर्थतन्त्र चीनमा अर्बपतिहरूको समूहमा थप दुई सय ५७ व्यक्ति सामेल भएको हुरुन रिपोर्टले उल्लेख गरेको छ ।

अध्ययनले चीनमा हाल आठ सय ७८ जना अर्बपतिको सूचीमा रहेको उल्लेख गरेको छ । सन् २०२० को सुरु अर्थात् फेब्रुअरीमा अमेरिकामा ६ सय २६ व्यक्ति अर्बपतिको सूचीमा सूचीकृत हुनुका साथै विश्वका धेरै धनी व्यक्तिको समूहमा अमेरिका नै अग्रस्थानमा थियो ।

चीनमा यो वर्षको अगस्टसम्ममा दुई सय ५७ जना अर्बपति थपिएका छन् । उनीहरूसँग दुई अर्ब चिनियाँ युआन अर्थात् ३० करोड अमेरिकी डलरबराबरको सम्पत्ति छ । समग्रमा उनीहरूले चार ट्रिलियन अमेरिकी डलर मुनाफा कमाएका थिए ।

यसरी हेर्दा विश्व महामारीबाट आक्रान्त बनिरहेका समय पनि चिनियाँ ठूला व्यवसायीले आफ्नो व्यवसायबाट व्यक्तिगत समृद्धिको यात्रामा निरन्तर लाभ लिएको देखिन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया