Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको सर्वाधिक प्रतीक्षित इभी ‘निशान लिफ’ नेपालमा लन्च गर्ने घोषणा गरेको छ । विद्युतीय सवारीमा विद्यमान करलाई वृद्धि गरिएपश्चात् सो गाडीको लन्च कार्यक्रम पूर्वनिर्धारित समयमा हुन सकेको थिएन। तर, नेपाल सरकारले विद्युुतीय सवारीको करलाई पुनरावलोकन गर्ने व्यवस्था गरेकाले निशानको ‘लिफ’ गाडी २०२१ साल अप्रिलमा लन्च हुने भएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

निशान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ विद्युतीय गाडी हो र यो गाडी विद्युतीय गाडी मार्केटमा ग्लोबल लिडर पनि बन्न पुगिसकेको छ। निशान लिफनिसानको विद्युतीय गाडीमा सबैभन्दा उन्नत कार हो। निशान लिफ संसारभर २ लाख ५० हजारभन्दा बढी बिक्री भइसकेको छ। यस कारणले पनि निशान लिफआम सर्वसाधारणको सहज पहुँचमा पुग्ने पहिलो विद्युतीय सवारी बन्न पुगेको छ।

पहिलो निशान लिफ २०१० को डिसेम्बरमा जापानमा लन्च भएको थियो । उन्नत फिचर र उत्कृष्ट लुक भएको निशान लिफ विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने सवारीका रूपमा परिचित छ । अधिक हर्सपावार र टर्कसहित आउने निसान लिफमा उन्नत टेक्नोलोजी र फिचर छन् । ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने सो गाडीमा अत्याधुनिक इ–पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ। ई-पेडलमा एक्सलेरेटर पेडल छोड्ना साथ गाडीको गति आफैं कम हुँदै जाने हुनाले एउटै पेडलले ड्राइभिङ गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया