Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025
काठमाडौं – विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ करोड २ लाख ८१ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख २२ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ११ लाख १८ हजार ३२६ पुगेको छ । हालसम्म ३ करोड १ लाख १६ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८३ लाख ८७ हजार ७९९ पुगेको छ । यहाँ हालसम्म २ लाख २४ हजार ७३० हजार जनाको मृत्यु भएको छ ।
भारतमा हालसम्म ७५ लाख ५० हजार २७३ संक्रमित हुँदा १ लाख १४ हजार ६४२ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ५२ लाख ३५ हजार ३४४ जना संक्रमित हुँदा १ लाख ५३ हजार ९०५ जनाको मृत्यु भएको छ । रुसमा १३ लाख ९९ हजार ३३४ संक्रमित हुँदा २४ हजार १८७ जनाको मृत्यु भएको छ । अर्जेन्टिनामा ९ लाख ८९ हजार ६८० संक्रमित हुँदा २६ हजार २६७ जनाको मृत्यु भएको छ ।

स्पेनमा संक्रमितको संख्या ९ लाख ८२ हजार ७२३ पुगेको छ भने ३३ हजार ७७५ जनाको मृत्यु भएको छ । कोलम्बियामा ९ लाख ५९ हजार ५७२ संक्रमित हुँदा २८ हजार ९७० जनाको मृत्य भएको छ । यता, फ्रान्समा ८ लाख ९७ हजार ३४ संक्रमित हुँदा ३३ हजार ४७७ जनाको मृत्यु भएको छ । पेरुमा ८ लाख ६८ हजार ६७५ जना संक्रमित हुँदा ३३ हजार ७५९ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ८ लाख ५१ हजार २२७ जना संक्रमित हुँदा ८६ हजार १६७ को मृत्यु भएको छ ।

बेलायतमा हालसम्म ७ लाख २२ हजार ४०९ जना संक्रमित रहेका छन् ४३ हजार ६४६ जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ७ लाख ३ हजार ७९३ जना संक्रमित हुँदा १८ हजार ४७१ जनाको मृत्यु भएको छ । इरानमा ५ लाख ३० हजार ३८० जना संक्रमित हँदा ३० हजार ३७५ जनाको मृत्यु भएको छ । चिलीमा ४ लाख ९१ हजार ७६० जना संक्रमित हुँदा १३ हजार ६३५ को मृत्यु भएको छ । इटलीमा ४ लाख १४ हजार २४१ जना संक्रमित हुँदा ३६ हजार ५४३ जनाको मृत्यु भएको छ ।

बंगलादेशमा हालसम्म ३ लाख ८८ हजार ५६९ जना संक्रमित हुँदा ५ हजार ६६० को मृत्यु भएको छ । जर्मनीमा ३ लाख ६६ हजार ९९१ जना संक्रमित हुँदा ९ हजार ८६६ जनाको मृत्यु भएको छ । साउदी अरबमा ३ लाख ४२ हजार २०२ हजार संक्रमित हुँदा ५ हजार १८५ जनाको मृत्यु भएको छ । पाकिस्तानमा ३ लाख २३ हजार ४५२ संक्रमित हुँदा ६ हजार ६५९ जनाको ज्यान गएको छ ।

नेपालमा भने अहिलेसम्म १ लाख ३२ हजार २४६ जना संक्रमति फेला पर्दा ९२ हजार १६६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ७३९ जनाको भने मृत्यु भएको छ । जापानमा ९२ हजार ६५६ जना संक्रमित हुँदा १ हजार ६७० जनाको ज्यान गएको छ । यता, कोरोना संक्रमणको सुरुवात भएको चीनमा पछिल्लो २४ घण्टामा १३ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८५ हजार ६८५ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया