Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

वासिङ्टन – विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या तीन करोड ९५ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उक्त विश्वविद्यालयका अनुसार विश्वभरी तीन करोड ९५ लाख २ हजार ९०९ जना कोभिड १९ सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको कारण विश्वभरी ११ लाख ६ हजार ७०५ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ ।

यसैबीच विश्वभरी रहेका कुल सङ्क्रमित मध्ये दुई करोड ७१ लाख ४८ हजार ९२७ व्यक्ति कोरोना भाइरस मुक्त भएका बताइएको छ । कोरोना भाइरसको कारण सब भन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८० लाख ८६ हजार ७८० व्यक्ति सङ्क्रमित रहेका छन् ।

कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार कोरोना सङ्क्रमणबाट अमेरिकामा दुई लाख १८ हजार ८० जनाको मृत्यु भएको छ । उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका सङ्क्रमितहरु थपिने गरेका छन् ।

यद्यपी अमेरिकामा ३१ लाख ९७ हजार ५३९ व्यक्ति कोरोना भाइरस मुक्त भएका पनि विश्वविद्यालय जनाइएको छ । कोरोना भाइरस सङ्क्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ । भारतमा ७४ लाख ३२ हजार ६८० जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् भने ब्रांजिलमा ५२ लाख ३०० व्यक्ति कोरोना सङ्क्रमित रहेका विश्वविद्यालयले जनाएको छ । रुस चौथो स्थानमा रहेको यहाँ १३ लाख ७६ हजार २० जना सङ्क्रमित रहेका छन् ।

विश्वको तुलनामा सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा ६५ लाख २४ हजार ५४९ व्यक्तिलाई कोरोना भाइरस निको भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ कोभिड १९ लाई ‘विश्व महामारी’को घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया