Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

वासिङ्टन – विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण तीन करोड ८० लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरी हालसम्म तीन करोड ८० लाख ३३ हजार २८७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कुल सङ्क्रमितमध्ये दुई करोड ६३ लाख ८८ हजार ६३३ जना सङ्क्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ । सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा अहिलेसम्म ६२ लाख २७ हजार २९५ जना सङ्क्रमणमुक्त भएका छन् ।

अमेरिकामा भने सङ्क्रमितहरुको अवस्था डरलाग्दो छ । सबैभन्दा धेरै सङ्क्रमित रहेको मुलुकमा अमेरिका नै रहेको छ । अमेरिकामा अहिलेसम्म ७८ लाख ५४ हजार ९१७ जना सङ्क्रमित भएका छन् भने अरु दुई लाख १५ हजार ८६१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

धेरै प्रभावित भएकाहरुको सूचीमा भारत र ब्राजिल दोस्रो र तेस्रो क्रममा रहेका छन् । भारतमा अहिलेसम्म ७१ लाख ७५ हजार ८८० जना सङ्क्रमित हुँदासम्म एक लाख नौ हजार ८५६ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५१ लाख तीन हजार ४०८ जना सङ्क्रमित रहेका छन् भने एक लाख ५० हजार ६८९ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

त्यसैगरी चौथो धेरै प्रभावित भएको रुसमा भने अहिलेसम्म १३ लाख १८ हजार ७८३ जना सङ्क्रमित भएका छन् । रुसमा कोरोनाका कारण २२ हजार ८३४ जनाको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गत मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया