काठमाडौँ – जाडो मौसम शुरु हुनै लाग्दा कोरोनाभाइरस संक्रमण झनै बढ्न सक्ने र श्वासप्रश्वाससम्बन्धी रोगका अन्य बिरामीलाई थप स्वास्थ्य जटिलता हुनसक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
एक अस्ट्रेलियन अनुसन्धानले कोरोनाभाइरस ४० डिग्री सेल्सियस तापक्रममा कपासमा १६ घण्टाभन्दा कम समयसम्म, सिसा, स्टीनलेस स्टील, कागज र प्लाष्टिक नोटको सतहमा २४ घण्टासम्म जीवित रहने देखाएको छ। उक्त अनुसन्धानका अनुसार कोरोनाभाइरस २० डिग्री तापक्रममा कपासमा १४ घण्टाभन्दा कम र सिसा, स्टीनलेस स्टील, कागज र प्लाष्टिक नोटको सतहमा ७ दिनसम्म जीवित रहन्छ। (हे.इन्फो)
यस्तै, ३० डिग्री सेल्सियस तापक्रममा कोरोनाभाइरस कपासमा तीन दिनसम्म, सिसा, स्टीनलेस स्टील र प्लाष्टिक नोटमा सात दिनसम्म र कागजको नोटमा २१ दिनसम्म रहन्छ। अध्ययनले कोरोनाभाइरस कम तापक्रममा विभिन्न वस्तुको सतहमा बढी तापक्रम हुँदाभन्दा धेरै समयसम्म रहिरहने देखाएको छ। यसकारण आउन लागेको जाडो मौसम नेपालका लागि थप चुनौतीपूर्ण हुने देखिएको छ।