Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाल प्रतिनिधिका रुपमा डा. राजेश समबाजीराव पाण्डवलाई नियुक्त गरेको छ । डब्लूएचओको नेपाल प्रतिनिधिका रुपमा हालै नियुक्त भएका डा. राजेशले बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन् ।
डा. राजेश असोज २ गते नेपालस्थित विश्व स्वास्थ्य संगठनको प्रतिनिधिका रूपमा आफ्नो कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका थिए । डा. राजेशले नेपाल सरकार र डब्लूएचओले ५० वर्षमा बलियो साझेदारी विकास गरेको उल्लेख गरेका छन् । ‘मैले नेपाल सरकार र अन्य साझेदारहरूसँगको साझेदारीलाई थप सुदृढीकरण गर्न र सबैका लागि स्वास्थ्यको महत्वपूर्ण एजेन्डालाई अघि बढाउनेतर्फ पहल गर्नेछु,’ उनले भने ।
नेपालमा स्वास्थ्यकर्मीहरूले गरिरहेको कामको महत्वलाई जोड दिँदै डा. राजेशले भने,‘सबैका लागि अत्यावश्यक स्वास्थ्य सेवाहरूको सुनिश्चित गर्दै कोभिड—१९ महामारीको सामना गर्नका लागि हामी सबैले एकजुट हुनु अत्यावश्यक रहेको छ । विश्वभरि नै र नेपालमा पनि अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीहरूमा बढिरहेको कोभिड—१९को संक्रमणले गर्दा म चिन्तित छु । यदि स्वास्थ्यकर्मीहरू नै जोखिममा भएमा, हामी सबै जोखिममा हुन्छौँ ।’

विश्व स्वास्थ्य संगठनको प्रतिनिधिको रूपमा कार्यभार सम्हाल्दै र नेपालका जनतालाई आउँदै गरेको चाडपर्वका लागि शुभकामना व्यक्त गर्दै उनले भने, ‘नेपाली समाजका प्रत्येक सदस्यलाई जिम्मेवार भएर चाडपर्व मनाउनु हुन म आग्रह गर्न चाहन्छु । भीडभाड गरेर एकै ठाउँमा जम्मा हुँदा यो रोग देशका सबै कुनासम्म विस्तार हुन सक्छ ।’

त्यसैगरी उनले युवाहरूले घरका जेष्ठ सदस्यहरू तथा जोखिममा रहेका अन्य सदस्यहरूको सुरक्षाको सुनिश्चितता गर्नुपर्ने पनि बताए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया