पोखरा – गण्डकी प्रदेशमा बुधबार थप ३७ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३७ जना संक्रमितहरु थपिएका हुन् ।
नयाँ संक्रमितहरुमा बाग्लुङका ३२ जना, कास्कीका ३ जना र लमजुङका २ जना रहेका छन् । नयाँ संक्रमितमा बाग्लुङ जिल्ला, बाग्लुङ-२ का २७ जना पुरुष नेपाल आर्मीमा र ३८ बर्षीय १ जना पुरुष नेपाल प्रहरीमा कार्यरत छन् भने काठेखोला गाउँपालिकाका सबैजना भारतबाट आएका हुन् ।
लमजुङ जिल्ला, राईनाश-७ का २५ बर्षीय पुरुष सहोदर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् । अन्य सबै संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ ।
गण्डकी प्रदेशमा अहिलेसम्म ४३६७ जना संक्रमित भएका छन् भने प्रदेशमा अहिलेसम्म कोरोनाबाट ३६ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म ३०८० जना ठिक भएका छन् ।