काठमाडौँ – छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको भएपनि केहि दिन यता भने अलिकति घटेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ८८४ जनाको मृत्यु भएको छ ।
भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ३ हजार ५६९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६१ हजार २६७ जना संक्रमित पुष्टि भएको छ ।
योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६६ लाख नाघेको छ । भारतमा कुल संक्रमित ६६ लाख ८५ हजार ८३ पुगेको छ । भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै भारतमा अहिलेसम्म ५६ लाख ६२ हजार ४९१ जना ठिक भएका छन् । त्यस्तै ९ लाख १९ हजार २३ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् । त्यस्तै भारतमा अहिलेसम्म कुल ८ करोड १० लाख ७१ हजार ७९७ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १० लाख ८९ हजार ४०३ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।