Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – सरकारले कोरोना संकट चुलिँदै गर्दा सर्वसाधरणलाई जहाँ बसेको छ त्यहीँ यो वर्षको दशैं मनाउन आग्रह गरेको छ । संघीय राजधानी काठमाडौं कोरोनाको हटस्पट बनिरहेका बेला दशैँ मनाउन घर जाने तयारीमा रहेकाहरुलाई सरकारले यस्तो आग्रह गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले आइतबारको नियमित मिडिया ब्रिफिङमा ओहोरदोहोर गर्दा कोरोना गाउँ गाउँ पुग्‍ने बताउँदै यस्तो आग्रह गरे । प्रवक्त्ता गौतमले भनेका छन् ‘हामी जहाँ छौं त्यहीँ बसेर दसैं-तिहार मनाऔं ।’

उनले सहरी क्षेत्रमा कोरोना संक्रमण बढ्दै गएको भन्दै चाडपर्वमा जथाभावी यात्रा गर्दा संक्रमण अझै फैलिनसक्ने बताए । ‘काठमाडौं उपत्यका तथा सहरी क्षेत्रमा कोरोना संक्रमण बढ्दै गएको छ,’ डा. गौतमले भने, ‘दसैं पनि नजिकिँदै छ। सबैले जहाँ छौ, त्यहीँ बसेर दसैं मनाऔं।’

त्यसैगरी, डा. गौतमले जनस्वास्थ्यको मापदण्ड नअपनाउने व्यक्तिको लागि जरिवाना गरिने समेत बताए । उनले जरिवानाको दर रेट प्रस्ताव गरी छिट्टै नै स्वीकृत हुने जानकारी दिए । अघिल्लो दिनमात्रै उनले सकेसम्म काठमाडौं नआउनका लागि अनुरोध गरेका थिए ।

तपाईको प्रतिक्रिया