Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – भारत बायोटेकले बनाएको कोरोनाभाइरस भ्याक्सिन कोभ्याक्सिन जनावरमा गरिएको परीक्षणमा सफल भएको छ । कम्पनीले शुक्रबार यसको घोषणा गर्दै यसको परीक्षण बाँदरमा गरिएको र बाँदरमा यो सफल भएको जनाएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बाँदरको शरीरमा भएको जीवित कोरोनाभाइरस भ्याक्सिनलाई यसले हटाउन सकेको पनि कम्पनीले जनाएको छ । कम्पनीले बाँदरको इम्युनिटीलाई ख्याल गरेर आफूहरुले यो भ्याक्सिन बनाएको जनाएको छ । योसँगै अब यो भ्याक्सिनको दोस्रो फेजको ट्रायल सुरु हुने भएको छ ।

पहिलो फेजमा भारत बायोटेकले २० बाँदरको समूहलाई चार समूहमा बाँडेको थियो । अनि यी समूहमा फरक फरक डोजमा भ्याक्सिन दिइएको थियो । १४ दिनमा फेरि बाँदरहरुलाई कोरोनाभाइरस संक्रमित भएको ठाउँमा राखिएको थियो । तर, जुन भ्याक्सिन पाएका बाँदरहरु थिए, उनीहरुमा यो भ्याक्सिनको असर राम्रो देखियो, उनीहरुमा कोरोना संक्रमण हुनै पाएन ।

भारतमा यो भ्याक्सिनको पहिलो फेज १५ जुलाईमा सुरु भएको थियो । भारतका १७ ठाउँमा यसको पहिलो चरणको परीक्षण गरिएको थियो । अब यसको दोस्रो चरणको क्लिनिकल परीक्षण गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया