Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

ब्रासिलिया – ब्राजिलमा गएको २४ घन्टाभित्र शुक्रबार ४० हजार ५५७ जना नयाँ सङ्क्रमित भेटिएका छन् । सो कुरा यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाइएको छ । यो सँगै ब्राजिलमा कोभिड १९ का सक्रमितहरुको संख्या करिब ४२ लाखभन्दा बढी पुगेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँको कोभिड १९ का संक्रमितहरुको जम्मा संख्या ४२ लाख ३८ हजार ४६४ जना पुगेको बताइएको हो । उक्त मन्त्रालयका अनुसार यहाँ यो संक्रमणबाट गएको २४ घन्टामा ९८३ जनाको ज्यान गएको छ । यो सँगै यहाँ १ लाख २९ हजार ५२२ जनाको ज्यान गएको छ । गएको २४ घन्टा यता शुक्रबार बिहानसम्म यहाँ यो संक्रमणबाट ९८३ जनाको ज्यान गएको पनि यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

कोरोना भााइरसबाट सबैभन्दा बढी संक्रमित हुनेमा ब्राजिल अमेरिका र भारतपछिको तेस्रो स्थानमा पर्ने देश हो । अमेरिकामा करिब ६४ लाख मानिस संक्रमित भएका पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ ।

त्यसैगरी भारतमा भने यो संख्या ४६ लाखभन्दा केही बढी छ । यसै हप्तामात्र भारत विश्वमा अमेरिकापछि बढी संक्रमित हुने देशमा उक्लिएको थियो । यसअघि ब्राजिल नै अमेरिका पछि थियो । यसैबीच प्राप्त पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म विश्वमा यो संक्रमणबाट २ करोड ७९ लाख मानिस संक्रमित भएका छन् भने ९ लाखभन्दा बढीको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया