Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – चिनियाँ खोप निर्माता कम्पनी क्यानसाइनो बायोलोजिक्स कर्पोरेसनलाई कोरोनाभाइरसको खोप ‘Ad5-nCOV’लाई पेटेन्ट दर्ताका लागि अनुमति मिलेको छ । यो जानकारी चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले दिएको हो ।

चीनको बौद्धिक सम्पदा नियामक संस्थाले गत ११ अगस्तमा क्यानसाइनोको खोपको पेटेन्टका लागि अनुमति दिएको पत्रिकामा बताइएको छ । चीनमा कोभिड-१९ को खोपका लागि अनुमति दिएको यो पहिलो अवसर हो । यसलाई वैज्ञानिक उपलब्धिभन्दा पनि व्यावसायिक उपलब्धि मानिएको छ ।

वल्टर एन्ड एलिजा हल इन्सिटिट्यूट अफ मेडिकल रिसर्चका प्राध्यापक मार्क पेलेग्रिनीले द गार्जियन पत्रिकासँग कुराकानी गर्दै भनेका छन्, ‘यस पेटेन्टको कारण अब विश्वमा कसैले यसको नक्कल गर्न पाउने छैन । तर क्लिनिकल परीक्षणमा अगाडि बढ्नका लागि पेटेन्ट हुनुपर्ने कुनै अनिवार्य मापदन्ड होइन ।’

पेलेग्रिनीका अनुसार यस खोपबारे केही हप्ताअघि मेडिकल जर्नल ल्यान्सेन्टमा खबर छापिएको थियो । यो सोही समय हो जब अक्सफोर्ड समूहले आफ्नो खोपबारे जानकारी प्रकाशित गरेको थियो ।

दुवै खोपमा कोरोनाभाइरस विरुद्ध प्रतिरोधी क्षमता बढाउनका लागि एडेनोभाइरसको प्रयोग गरिएको थियो । साउदी अरबले यही महिना क्यानसाइनोको खोपको तेस्रो चरणको परीक्षणको योजना बनाइरहेको बताइएको छ । उता, क्यानसाइनोले तेस्रो चरणको परीक्षणका लागि रुस, ब्राजिल र चिलीसँग पनि कुराकानी गरिरहेको बताएको थियो ।

खोपलाई अनुमति पाएको खबरपछि सोमबार क्यानसाइनोको हङकङमा शेयर १४ प्रतिशत र दिउँसो शंघाईमा सेयर ६.६ प्रतिशतले बढेको थियो । स्रोत : बीबीसी हिन्दी

तपाईको प्रतिक्रिया