Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – लकडाउन अन्त्यसँगै नेपालमा कोरोना संक्रमण र मृत्युदर बढ्दै गए पनि चार जिल्लामा एक सातादेखि संक्रमित शून्य रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धीको सूचना (२५ देखि ३१ साउनसम्म)लाई आधार मान्दा एक साताको अवधिमा संखुवासभा, मनाङ, मुस्ताङ र डोल्पामा संक्रमित शून्य रहेको पाइएको हो ।

२५ साउनमा खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा संक्रमित शून्य थिए । २६ साउनमा भने खोटाङमा संक्रमित भेटिएसँगै संक्रमित शून्य जिल्लाको संख्या ६ रहेको थियो, जसमा धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका थिए । मंगलबार सोलखुम्बु संक्रमित शून्य जिल्लामा परेको थियो भने धनकुटामा संक्रमण देखिएको थियो ।

यस दिन पनि संक्रमित शून्य जिल्लाको संख्या ६ नै रहेको थियो । यस्तै, बुधबार ५, बिहीबार ६, शुक्रबार ४ र शनिबार ५ जिल्लामा संक्रमण शून्य रहेको पाइएको थियो । यस अवधिमा संखुवासभा, मनाङ, मुस्ता र डोल्पामा संक्रमित भेटिएको थिएन ।

तपाईको प्रतिक्रिया