Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं । चेन होटल मेरियट काठमाडौं विश्वकै उत्कृष्ट होटलमा छानिएको छ ।

विश्वभर रहेका पर्यटकीय गन्तव्य र होटलबारे समिक्षा प्रकाशन गर्ने साइट ट्रिप एडभाइजरले सन् २०२० को ‘ट्राभलरर्स च्वाइस अवार्ड’ नेपालबाट मेरियट काठमाडौंलाई प्रदान गरेको हो । ट्रिप एडभाईजरले लाखौं पर्यटकहरुले गरेको समिक्षा, रेटिङ, सुरक्षाजस्ता विषयलाई आधार बनाएर उत्कृष्ट होटल छनौट गर्दै आएको छ ।

सोही अनुरुप नेपालको एमएस ग्रूपद्वारा संचालित चेन होटल मेरियट काठमाडौं ‘ट्राभलरर्स च्वाइस २०२०’ विजेता बनेको हो ।सन् २०१९ को अप्रिलबाट संचालनमा आएको सो होटलले छोटो अवधिमै यस अघि ५ वटा अवार्ड पाईसकेको छ । पछिल्लो समय संचालनमा आएको पाँच तारे होटलले ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरेको भन्दै विभिन्न संस्थाबाट अवार्ड पाएको थियो ।

ट्रिप एडभाईजरले विश्वको होटलमध्ये २०२० मा उत्कृष्ट १० प्रतिशत होटलमा पर्न सफल भएको भन्दै उक्त अवार्डबाट सम्मानित गरेको हो । बिश्वभर रहेका पर्यटकीय गन्तब्य र होटलबारे समिक्षा प्रकाशन गर्ने साइट ट्रिप एडभाइजरमा हाल १४ लाखभन्दा बढी होटलहर आवद्ध रहेका छन् । जसमध्ये नेपालबाट होटल मेरियट काठमाडौंलाई छनौट गरेको हो । एमएस ग्रूपले बनाएको उक्त होटलमा २१४ कोठा रहेका छन् । होटलमा १९३ डिलक्स रुम, २० स्वीट छन् ।

मेरियट इन्टरनेशनलको क्लासिक लक्जरी सेगमेन्टको उक्त होटलको व्यवस्थापन भने मेरियटले हेर्दै आएको छ । कुल १३ रोपनी क्षेत्रफलमा फैलिएको सो होटल १३ तलाको रहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया