टोकियो – जापानको राजधानी टोकियो मोटर शोमा प्रदर्शनमा राखिएको जापानी अटो निर्माता कम्पनी मित्सुबिसी मोटर्सको विद्युतीय कारको सामुन्ने रहेको कम्पनीको लोगोको सन् २०१९ को अक्टोबर २४ मा खिचिएको फाइल तस्वीर ।
मंगलवारको कारोबारमा मित्सुबिसीको शेयर मूल्य करीब १३ प्रतिशतले घटेर अहिलेसम्मकै न्यून विन्दुमा आएको छ । दक्षिणपूर्वी एशियाका मुख्य बजारमा त्रैमासिक विक्रीमा उच्च कमी आएको तथ्यांक सार्वजनिक भएसँगै कम्पनीको शीघ्र पुनर्बहाली हुनेमा शंका उत्पन्न भएपछि शेयर मूल्य दबाबमा आएको हो ।
मंगलवार कारोबारमा प्रतिकित्ता शेयर मूल्य १२ दशमलव ६ प्रतिशतले घटेर २३४ येनमा आएको थियो । यो सन् १९८८ मा शेयर सूचीकरण भएयतकै थोरै हो । यस वर्षको अहिलेसम्मको अवधिमा कम्पनीको शेयर मूल्य करीब आधाले घटिसकेको छ ।
चालू आवमा कम्पनीले १ खर्ब ४० अर्ब येन सञ्चालन बेहोर्ने अनुमान गरिएको छ । घाटाको यो आकार १९ वर्षयताकै उच्च हुनेछ ।