Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – उत्तर कोरियामा कोरोनाभाइरसको शङ्का गरिएको पहिलो घटना भेटिएको त्यहाँको एक सरकारी सञ्चारमाध्यमले जनाएको छ । समाचार संस्था केसिएनएका अनुसार तीन वर्षअघि दक्षिण कोरिया भागेर पुगेका एक व्यक्ति दुई देशलाई छुट्याउने रेखावारि देखा परेका थिए र उनमा कोरोनाभाइरसका लक्षणहरू थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेता किम जङ-अनले शीर्ष अधिकारीहरूसँग एउटा आपत्‌कालीन बैठक गर्दै उक्त सीमावर्ती शहर केसङमा लकडाउन जारी गरेका छन् । आफ्ना गतिविधि एवम् विवरणहरू गोप्य राख्ने गरेको उत्तर कोरियाले यसअघि त्यहाँ कोभिड-१९ का कुनै घटनाहरू नभएको बताएको थियो । तर विश्लेषकहरू त्यस्तो सम्भव नहुने बताउँछन् ।

समाचारमा के भनिएको छ ?
केसिएनएले भनेको छ- ‘केसङ शहरमा आपत्‌कालीन रूपमा एउटा घटना भएको थियो । जहाँ तीन वर्षअघि गैरकानुनी रूपमा सीमा छुट्याउने रेखा काटेर दक्षिण कोरिया पुगेका एक व्यक्ति १९ जुलाईमा फर्किएका थिए ।’

शनिवारको पोलिटब्यूरो बैठकमा नेता किमले भाइरसलाई परास्त पार्न ‘उच्चतम आपत्‌कालीन प्रणाली’ लागु गर्न आदेश दिएका थिए । उक्त समाचार संस्थाका अनुसार किमले ती व्यक्तिबारे अनुसन्धान समेत सुरु गरेका छन् । जसमा निकै कडा सुरक्षा र निगरानी हुने उक्त क्षेत्रमा फर्कन ती व्यक्ति कसरी सफल भए भन्ने खोजिनेछ । र त्यसमा जिम्मेवार व्यक्तिहरूलाई ‘निकै कडा सजाय’ दिइने चेतावनी दिइएको छ ।

हालै आउजाउ भएको देखिँदैन : सोल
त्यति नै बेला दक्षिण कोरियाले असैनिकृत सीमा क्षेत्रमा हालै गैरकानुनी रूपमा कुनै आउजाउ भएको नदेखिएको जनाएको छ । विश्वभर कोरोनाभाइरस फैलिरहँदा उत्तर कोरियाले आफ्नो सीमाना बन्द गर्दै हजारौँ मानिसहरूलाई ६ महिनासम्म आइसोलेसनमा राखेको थियो । यो महिनाको सुरुमा किमले कोभिड-१९ सँग जुझ्ने मामिलामा आफ्नो देशले ‘प्रशंसायोग्य सफलता’ हासिल गरेको दाबी गरेका थिए । बीबीसी

तपाईको प्रतिक्रिया