Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – अमेरिकी अनुसन्धानकर्ताले प्रयोगशालामा ‘जेनेटिकल्ली’ परिवर्तन गरी नोभल कोरोना जस्तै भाइरस बनाएका छन् । यो भाइरस औषधि र खोप परीक्षणका लागि प्रयोग हुने जनाइएको छ ।

यो भाइरसको नाम भेसिकुलर स्टोमेटाइटिस भाइरस (भीएसभी) हो । यसलाई भीएभी-सार्स-कोभ-२ भनिएको छ । यो वाशिङटन युनिभर्सिटी स्कुल अफ मेडिसिनले बनाएको हो । यो भाइरस कोरोनाभन्दा हलुका छ । सेल होस्ट एन्ड माइक्रोब जर्नलमा प्रकाशित लेख अनुसार भीएसभीले महामारी फैलाउन सक्दैन ।

यसले मान्छेमा कोरोनाभाइरस विरुद्ध लड्ने एन्टीबडी उत्पादन गर्छ । अनुसन्धानकर्ताहरुका अनुसार यो भाइरसले स्वास्थ्य कोशिका संक्रमित गरेपछि शरीरमा बन्ने एन्टीबडीको मात्रा बढ्छ । यो प्रक्रिया कोरोनाभाइरसले शरीरमा आक्रमण गर्दा एन्टीबडी बन्ने प्रक्रिया जस्तै भएको वैज्ञानिकहरुको दाबी छ ।

भीएसभी भाइरसको संक्रमणले हानि गर्दै न। किनभने यसमा कोरोनाभाइरसको प्रोटिन मात्र छ । बिरामीको लागि घातक हुने जिन छैन । यो भाइरसले मानव शरीरमा कोरोनाभाइरस विरुद्ध लड्ने एन्टीबडीलाई तयार अवस्थामा राख्छ । भविष्यमा यो भाइरस निकै उपयोगी हुने वैज्ञानिकहरुको दाबी छ ।

वैज्ञानिकहरुले नयाँ भाइरस भीएसभीको बाहिरी भागको प्रोटिन हटाएर कोरोनाभाइरसको ‘स्पाइक’ प्रोटिन राखिदिएका छन् । अनुसन्धानकर्ताहरुका अनुसार, जुन एन्टीबडीले नयाँ भाइरसलाई रोकेको छ त्यसले कारोनाभाइरसलाई पनि रोक्न सक्छ । कुनै एन्टीबडीले प्रयोगशालामा बनेको भाइरसलाई रोक्न सकेन भने त्यसले कोरोनाभाइरसलाई पनि रोक्न सक्दैन  । –एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया