टोकियो – अहिले कोरोना भाइरसको जोखीमपूर्ण अवस्था छ । जोखिमबाट बच्न विश्वोभरका मनिसलाई अनिवार्य रुपमा मास्क प्रयोग र न्यूनतम सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ ।
कोरोना भाइरस विरुद्धको खोप निकट भविष्यमा बन्ने सम्भावना अझैपनि नदेखिएको बेला अहिलेका लागि सबैभन्दा उत्तम विकल्प भनेको सावधानी अपनाउनु नै हो । कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सबैभन्दा उत्तम अभ्यास भनेको स्यानिटाइजर तथा मास्क लगायतको प्रयोग नै हो ।
यसैबीच जापानको एक प्रख्यात डिजाइनर रिएको कावानिसीले महंगा मोतीहरूबाट बनेको मास्क सार्वजनिक गरेकी छन् ।
मास्कको मूल्य लगभग १० लाख येन रहेको छ । उक्त मास्क ३१० वटा असली मोतीले बनेको र बनाउन तीन दिन लागेको डिजाइनर रिएकोले बताइन ।
उनले राजधानी टोकियोमा विगत ३५ वर्षदेखि सजावटका सामान बनाइरहेकी छन् ।
सो मास्क आकोया मोतीबाट बनेको छ ।