Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

बेइजिङ – कोरोना भाइरसको उत्पत्तिको श्रोतको खोजी गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का विज्ञहरु चीन आएका छन् । डब्लुएचओका दुई जना विज्ञ चीन आएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंगले सोमबार पुष्टि गरेकी छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण सवैभन्दा पहिला चीनमा भेटिएकोले उनीहरु अध्ययनका लागि चीन आएका हुन् । दैनिक पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता हुआले अध्ययनका लागि आएका डब्लुएचओका विज्ञहरुले चिनियाँ वैज्ञानिक, चिकित्सा विज्ञ र सरोकारवालाहरुसँग छलफल गर्ने जानकारी दिएकी छन् ।

‘उनीहरुले हाम्रा विज्ञहरुसँग सम्वन्धित विषयमा प्रश्नहरु गर्नेछन् र हाम्रा विज्ञहरुले जानकारी दिनेछन्,’ प्रवक्ता हुआले भनिन् । डब्लुएचओका स्वास्थ्य विशेषज्ञहरुले यस्तै छलफलका लागि अन्य देशहरुमा पनि जान सक्ने उनले बताइन् ।

‘कोरोनाभाइरसको विकासका लागि विभिन्न देश तथा क्षेत्रहरुमा धेरै चरण पुरा गर्नु परेको डब्लुएचओले पनि विश्वास गरेको छ, त्यही चरणहरुका बारेमा पहिचान गर्न उनीहरु आएका हुन,’ उनले भनिन् । धेरै ठाउँमा धेरै चरणबाट कोरोनाभाइरसको विकास भएकाले उनीहरु आवश्यकता अनुसार अन्य देशहरुमा पनि जानसक्ने उनले पत्रकारहरुलाई जानकारी दिइन् ।

यसअघि डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रयेससले अघिल्लो महिना भनेका थिए, ‘कोरोना भाइरसको श्रोत के हो भन्ने कुरा पत्ता लगाउनु धेरै महत्वपूर्ण हुन्छ ।’ यो विज्ञानसँग सम्वन्धित, सार्वजनिक स्वास्थ्यसँग सम्वन्धित विषय भएको, यसले सवैलाई प्रभावित पारेको र सरोकारको विषय भएकाले कसरी शुरु भयो, कहाँ उत्पत्ति भयो भन्ने कुरा पत्तालगाउनु पर्ने उनको भनाइ थियो ।

कोरोना भाइरस पहिलो पटक गत बर्ष सन् २०१९ को डिसेम्बरमा चीनमा भेटिएको पुष्टि गरिएको थियो । त्यसपछि विश्वका धेरै देशहरुमा कोभिड-१९ को महामारी फैलिएको थियो ।

तपाईको प्रतिक्रिया