Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौँ पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १६ हजार ९ सय ४५ जना पुगेको छ।

सोमबार ५ हजार ८ सय ५६ जनाको कोरोनाको परीक्षण भएको छ।  प्रवक्ता गौतमका अनुसार हाल २३ हजार ४ सय ७० जना क्वारेन्टाइनमा छन्। हाल ६ हजार ६ सय १३ जनाको कोरोना उपचार भइरहेको छ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या १७०५ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १० हजार २९४ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ३८ जना भएको छ ।

तपाईको प्रतिक्रिया