काठमाडौं – नेपालमा थप ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११८ जना थपिएसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ६ सय ४९ पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ हजार ११ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ ।