Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपालमा कोरोना भाइरस (कोभिड-१९) परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ ।

प्रति दशलाख जनाको पीसीआर परीक्षणमा सार्कका अन्य मुलुकभन्दा नेपालको परीक्षण दायरा अगाडि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार नेपालको प्रति दशलाखमा नौ हजार १५६ जनाको परीक्षण भएको छ ।

शुरुमा एक ठाउँबाट गरिएको पीसीआर परीक्षण अहिले देशभर २५ वटा प्रयोगशालाबाट गरिन्छ । नेपालपछि प्रति दश लाख जनाको पीसीआर परीक्षणमा भारतमा ७ हजार ५८८, पाकिस्तानमा ६ हजार ६४०, बङ्गलादेशमा पाँच हजार ४१६, श्रीलङ्कामा पाँच हजार ३५९ र अफगानिस्थानमा एक हजार ९९० जनाको पीसीआर परीक्षण गरिएको छ ।

नेपालमा अहिलेसम्म दुई लाख ६६ हजार ४५७ जनाको पीसीआर परीक्षण गरिएको छ भने विगत २४ घण्टामा चार हजार ६९६ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता डा. गौतमले जानकारी दिए । नेपालमा कूल १६ हजार ४२३ जना सङ्क्रमित भएका छन् । तीमध्ये सात हजार ७५२ जना निको भई घर फर्किसकेको उनले बताए ।

प्रवक्ता डा. गौतमका अनुसार सार्क मुलुकमध्ये नेपालमो कोभिड-१९ का कारण प्रति दश लाखमा एक जनाको मात्र मृत्यु भएको छ । नेपालमा अहिलेसम्म कोभिड-१९ सङ्क्रमणले ३५ जनाको मृत्यु भएको छ । यस्तै कोभिड–१९ का कारण प्रति दश लाखमा अफगानिस्तानमा २४, बङ्गलादेशमा १३, श्रीलङ्कामा ०.५, पाकिस्तानमा २२ र भारतमा १५ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया