Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का ३ पाइलटसहित ९ उडान कर्मचारीमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । चार्टर्ड उडानमा सहभागी चालक दलका ९ सदस्यको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो ।

सोमबार ७ जनामा कोभिड सङ्क्रमण देखिएको थियो । चालक दलका अन्य ७ जनाको पिसिआर परीक्षण गर्दा थप दुई जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । निगमका उडान कर्मचारी उद्धार उडानका क्रममा सोल्टी होटलमा क्वारेन्टिनमा बसेका थिए ।

निगमले अत्यावश्यक स्वास्थ्य सामग्री तथा स्वास्थ्य मापदण्डमा रहेर उडान सञ्चालन गरिरहेको थियो । निर्धारित उडान सकेर क्वारेन्टिनबाट घर पठाउने क्रममा पिसिआर परीक्षण गर्दा पाइलटसहित चालक दलका सदस्यलाई कोभिड-१९ सङ्क्रमण पुष्टि भएको हो । निगम व्यवस्थापनले थप सतर्कता अपनाई पूर्वनिर्धारित उद्धार उडान यथावत् सञ्चालन हुने पनि जनाएको छ ।

तपाईको प्रतिक्रिया