Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार ५४ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् ।

पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले जानकारी गराएको छैन । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

आइतबार देशभर २९२ जनामा कोरोना संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा २९ हजार २१५ रहेका छन् भने आइसोलेसनमा ९ हजार ११८ जनाको उपचार भइराखेको छ ।

तपाईको प्रतिक्रिया