Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – छिमेकी देश भारत, विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित भएको तेस्रो मुलुक बनेको छ । संक्रमितको संख्या ६ लाख ९८ हजार नाघेसँगै भारत विश्वका सबैभन्दा बढी संक्रमण हुने मुलुकहरुको सूचीमा रुसलाई पछि पार्दै तेस्रो नम्बरमा उक्लिएको हो ।

सोमबार बिहानसम्ममा भारतमा ६ लाख ९८ हजार ८१७ जनामा संक्रमण पुष्टि भएको छ । रुसमा बिहानसम्म संक्रमितको संख्या ६ लाख ८७ हजार ८६२ रहेको छ । विश्वमा सबैभन्दा बढी संक्रमण हुने मुलुकमा पहिलो नम्बरमा अमेरिका र दोस्रोमा ब्राजिल छन् ।

भारतमा १ जुनदेखि लकडाउनलाई खुकुलो पारिएसँगै संक्रमणमा तीव्र वृद्धि भइरहेको छ । भारतमा पछिल्लो एक दिनमा मात्र करिब पच्चीस हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

तपाईको प्रतिक्रिया